आज भारतबाट खोप आउँदै, पहिलो चरणमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई

काठमाडौँ : भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । खोपको पहिलो खेप बिहीबार नेपाल आइपुग्नेछ ।

नेपाल सरकारले भारतद्वारा अनुदानमा उपलब्ध गराइन लागेको खोप स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा खटिनेलाई उपलब्ध गराइनेछ । भारतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने सम्बन्धमा बुधबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले भारत सरकारबाट नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराउन लागिएको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा आउने खोप निःशुल्क उपलब्ध भएको भन्दै खोप क्रमशः भारतबाट ल्याइने जानकारी दिनुभयो ।

मन्त्रालयका अनुसार भारतबाट प्राप्त हुने कोभिसिल्ड खोप बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । कोरोनाविरुद्धको खोप आयातका लागि कानुनी, प्राविधिक र आर्थिक तयारीसमेत पूरा भएकाले पहिलो चरणमा खोप आएपछि क्रमशः दोस्रो, तेस्रो चरणमा समेत खोप आउने जानकारी मन्त्री त्रिपाठीले दिनुभयो ।

Advertisement

कोरोनाविरुद्धको खोप पहिलो चरणमा स्वास्थ्यकर्मी तथा अग्रपङ्क्तिमा काम गर्नेलाई उपलब्ध गराइने जानकारी दिँदै उहाँले क्रमशः सबै नागरिकलाई उपलब्ध गराइने बताउनुभयो । “मैले स्वास्थ्य मन्त्रालय सम्हालेको दिनमै फागुनसम्ममा खोप ल्याउने सङ्कल्प गरेको थिएँ”, मन्त्री त्रिपाठीले भन्नुभयो, “कोरोनाविरुद्धको खोप माघ महिनामै ल्याउन सफल भइयो ।”

भारत सरकारले खोपका लागि गरेको सहयोगप्रति धन्यवाद दिँदै उहाँले आगामी दिनमा खोप खरिदमा पनि भारत सरकारको महìवपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो । भारतले उपलब्ध गराउने खोपबारे जानकारी दिन स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले संयुक्त पत्रकार सम्मेलन आयोजना गर्नुभएको थियो ।

Advertisement

मन्त्री त्रिपाठीले कोभिड महामारीमा भारत सरकारले नेपालसहित छिमेकी देशलाई समयमै खोप उपलब्ध गराएको भन्दै प्रशंसा गर्नुभयो । पहिलो चरणमा आएको खोप न्यायपूर्णरूपमा वितरण हुने भन्दै खोप पहिले कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेकाले समस्या नहुने बताउनुभयो । प्राथमिकताअनुसार खोप वितरण हुने उहाँको भनाइ छ । यसअघि औषधि व्यवस्था विभागले नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

कोभिसिल्ड सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि निर्माता कम्पनी एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोप हो । कोरोनाविरुद्धको खोप कोभिसिल्डमा पाइने पदार्थबाट पहिलादेखि नै एलर्जी हुने समस्या छ भने त्यस्ता व्यक्तिलाई कोरोनाको खोप लगाउन हुँदैन ।

कोभिसिल्डमा एल हिस्टिडाइन, एल हिस्टिडाइन हाइड्रोक्लोराइड मोनोहाइड्रेट, डिसोडियम एडिटेट डाइहाइड्रेट, म्याग्नेसियम क्लोराइड हेक्साहाड्रेट, पोलिसाबेट ८०, इथानोल, सुकरोज, सोडियम क्लोराइड र सुईका लागि पानी रहेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले प्राथमिकताका आधारमा खोप उपलब्ध हुने जानकारी दिनुभयो । गौतमका अनुसार स्वास्थ्यकर्मी, शव व्यवस्थापन गर्ने व्यक्ति, एम्बुलेन्स चालक, महिला स्वास्थ्य स्वयंसेविका तथा नगरपालिकाबाट खटाइएका सफाइकर्मीलाई सुरुमा खोप दिइनेछ । यस्तै कोरोनाको जोखिममा रहेका व्यक्तिहरूलाई चरणबद्ध रूपमा खोप दिइने उहाँले बताउनुभयो । यस्तै फ्रन्ट लाइनमा खटिने प्रहरी, शिक्षकलगायतका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप दिन लागिएको छ ।

खोप नलगाउने समूहमा भने एलर्जीको समस्या भएका व्यक्ति पर्छन् । यस्तै गर्भवतीलाई खोप लगाउनु हँुदैन । खोपको पहिलो मात्रा लगाएपछि एलर्जी देखियो भने पनि दोस्रो मात्रा लगाउनु हँुदैन । खोप लगाउने समयमा ज्वरो आएको भएमा पनि यो खोप लगाउन नहुने जनाइएको छ । सिरमका अनुसार रगतसम्बन्धी रोग भएका, रगत पातलो बनाउने औषधि लिइरहेका र रोग प्रतिरोध क्षमता बढाउने औषधि लिइरहेका व्यक्तिहरूले कोभिसिल्ड खोप लगाउन हुँदैन ।, याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top