८ माघ,जनकपुरधाम ।
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्र रचेको बताएका छन् ।
बुधबार सप्तरीको राजविराजमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पर्ने षडयन्त्रमा ओली लागेको बताएका छन् ।
उनले विश्वकै सर्वोत्कृष्ट संविधान भन्ने ओलीले मधेशीलाई अधिकार विहिन बनाउन पाँच वर्षको जनादेश पाए पनि तीन वर्षमै संविधानलाई लत्याउँदै प्रतिनिधि सभा विघटन जस्ता अलोकतान्त्रिक प्रतिगमनकारी कदम चालेको बताए ।
अध्यक्ष यादवले भने ओलीको तानाशाही प्रतिगमनविरूद्ध मधेश मात्र होइन देशैभरि आन्दोलनको आँधिबहेरी ल्याएर संघीयता समाप्त हुनबाट जोगाउने छु ।
उनले नेपालको संवैधानिक व्यवस्था लुडोको खेल जस्तै भएको दावी गर्दै भने विभिन्न आन्दोलन संघीयतासहितको अधिकार भेटियो तर प्रतिनिधि सभा विघटन गरि लुडोको खेल जस्तै माथि उकेलिए पनि जहाँबाट शुरू भएको थियो फेरि त्यही झरेको छ ।
कार्यक्रममा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले संविधान निर्माणको नाममा मधेशी जनताको हत्या गराउने केपी ओलीले प्रतिनिधि सभा विघटन गरी सोही संविधानको हत्या गरेको अरोप लगाए ।
उनले भने संविधानमा आफ्ना अधिकार समेटन मधेशी, दलित, जनजाती, थारु, आदिवासीहरु सडकमा आए तब ओली उत्कृष्ट संविधान बनाउँदैछु भनी तिनीहरुको हत्या गरियो आज आफ्नो बालहट पूरा गर्न सोही संविधानका हत्या गरे ।
नेता महतोले विगतका राजा जस्तै केपी ओली निरकुंश शासन कायम गर्न गैरसंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको भन्दै ती राजाहरू जस्तै आफै समाप्त भएर जानेछ ।