सुन तस्करी प्रकरणका अभियुक्त छिरिङले गरे आत्मसमर्पण, मोरङ अदालतमा बयान जारी

२० जेठ ७५, आइतबार
Share this
717shares

विराटनगर,जेठ २०
करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त डा. डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आत्मसमर्पण गरेका छन् ।

Advertisement

उनी अर्का अभियुक्त भुजुङ गुरूङका साला हुन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीका अनुशार उनको अदालतमा बयान सुरु भएको छ । यसअघि प्रकरणमा मुख्य अभियुक्त बनाइएका चुडामणि उप्रेती ‘गोरे’ ले नेपालमा तस्करीको धन्दा चलाउने प्रमुख व्यक्ति छिरिङ वाङ्गेल घले भएको बयान दिएका थिए ।

Advertisement

गोरेले आफूले भरियाहरुको सेटिङ मिलाउने काम मात्रै गरेको दाबी गरेका थिए । उनले आफू छिरिङकै लाइनमा बसेर सुन ओसारपसारको कारोबार गर्ने गरेको बताएका थिए । छिरिङले एसएसपी श्याम खत्रीसँग विमानस्थलमा सेटिङ मिलाएको उनको बयान थियो । खत्रीले पनि गत बिहीबार मात्रै जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका थिए ।

गोरेले खत्रीलाई पक्राउ गरे प्रकरणको धेरै कुरा सार्वजनिक हुने दाबी गरेका थिए । यद्यपि, खत्रीले अदालतमा सवै आरोप अस्वीकार गरेका छन ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top