ट्र्याक्टर दुर्घटनामा दुईको मृत्यु, पाँच घाइते

८ माघ ७७, शुक्रबार

९ माघ, सप्तरी ।

सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार राम र अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ मटिगढाका २१ वर्षीय मदन साह घाइते भएका छन् ।

Advertisement

शरीरका विभिन्न भागमा चोट लागेका घाइते कृष्णको अवस्था गम्भीर छ । ट्र्याक्टर चालक विशालको खुट्टामा, सुनिलको खट्टा, पेट र टाउकामा तथा मदनको टाउकामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरुको सप्तरीको रूपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए। मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको शवगृहमा राखिएको छ ।

Advertisement

दमौली– तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ल्युतपाखामा बिहीबार भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । छिम्केश्वरी आँबुखैरेनी सडकखण्डअन्तर्गत छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ग१त ३७७० नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार आँबुखैरेनी गाउँपालिका–२ अदुवाखर्कका ३६ वर्षीय केशव दर्लामीको मृत्यु भएको हो ।

दुर्घटनामा परी आँबुखैरेनी गाउँपालिका–३ का लीलाबहादुर यादी घाइते भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए ।

ट्र्याक्टर चालक गोरखा नगरपालिका–१४ का तीर्थ थापा प्रहरी नियन्त्रणमा छन् । छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ ढुङ्गा लिन आउँदै गरेको ट्र्याक्टर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top