इजलासमा प्रधानन्यायाधीशको ठट्टा

८ माघ ७७, शुक्रबार

वरिष्ठ अधिवक्ता गुणनिधि न्यौपाने बहसका क्रममा संसदीय व्यवस्थाको जननी मानिने बेलायतको संसद्ले पुरुषलाई महिला र महिलालाई पुरुष बनाउनेबाहेक सबै काम गर्ने प्रसंग सुनाउँदै थिए । नेपालमा भने संसद् प्रधानमन्त्रीको छाया बन्न पुगेको दाबी उनको थियो ।

एक लेखकको किताबको चर्चा गर्दै न्यौपानेले यसो भनिरहँदा इजलासबाट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले मुसुमुसु हाँस्दै ठट्टा गरे, ‘अहिले त प्रविधिले त्यो पनि सम्भव बनाइदिएको छ, पुरुषलाई महिला र महिलालाई पुरुष बनाउन लिंग परिवर्तन पनि सम्भव भएको छ नि १’ त्यसपछि इजलासमा एकैछिन हाँसोको फोहोरा छुट्यो । प्रधानन्यायाधीशले ‘केवल ठट्टा मात्र हो’ भनेपछि हाँसो मत्थर भएको थियो ।

यतिबेला प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार हो वा होइन भन्नेमा बहस केन्द्रित भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बिहीबार यसमै केन्द्रित भई कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न गरिए ।

Advertisement

कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशन नभएको विषय उठाए । मन्त्रिपरिषद्को सिफारिसबमोजिम पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशन नभएको प्रश्न निवेदकका कानुन व्यवसायीको छ ।, आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top