बहस प्रधानमन्त्रीको विशेषाधिकारमा केन्द्रित

८ माघ ७७, शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको विशेषाधिकार हो वा होइन भन्नेमा बहस केन्द्रित भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासबाट बिहीबार यसमै केन्द्रित भई कानुन व्यवसायीलाई प्रश्नमाथि प्रश्न गरिए ।

कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति कार्यालयको सूचना आजसम्म राजपत्रमा प्रकाशन नभएको विषय उठाए । मन्त्रिपरिषद्को सिफारिसबमोजिम पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन सदर गरेको सूचना राष्ट्रपति कार्यालयले जारी गरे पनि राजपत्रमा प्रकाशन नभएको प्रश्न निवेदकका कानुन व्यवसायीको छ । अधिवक्ता ओमप्रकाश अर्यालले राष्ट्रपतिले जारी गरेको सूचना राजपत्रमा प्रकाशन नगरिएको जिकिर गरेका हुन् । उक्त सूचना हालसम्म राष्ट्रपति कार्यालयको वेबसाइटमै सीमित रहेको अर्यालको भनाइ थियो ।
‘तत्कालीन राजा ज्ञानेन्द्रले पनि जनताको नासो जनतालाई फिर्ता गर्नुभएको थियो’, अधिवक्ता अर्यालले भने, ‘राट्रपतिले पनि त्यो नासो फिर्ता गर्नुपर्छ ।’ अर्यालले मनमोहन अधिकारीले २०५२ सालमा गरेको संसद् विघटनलाई अदालतले बदर गरेपछि सभामुखको निवेदनबमोजिम संसद् अधिवेशन डाकिएको दृष्टान्त पेस गरे । उनले अधिवेशन नबसेको ६ महिनाभन्दा बढी भइसकेकाले तत्काल अधिवेशन डाक्न राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको नाममा आदेशको माग गरे ।

न्यायाधीश अनिलकुमार सिन्हाले ‘संसद् विघटनको सूचना राजपत्रमा प्रकाशन नभएको भन्ने आएको छ के हो ?’ भन्दै अधिवक्ता टीकाराम भट्टराईलाई प्रश्न गरे । अधिवक्ता भट्टराईले प्रकाशन नभएको जनाउ दिएपछि न्यायाधीश सिन्हाले प्रश्न गरे, ‘आजको दिनमा संसद् विघटन नै भएको छैन भनेर मान्ने हो त ?’, याे खबर अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top