कतार संकटको एक वर्ष

दुवई, जेठ २०

खाडी मुलुक कतार विरुद्ध साउदी अरब र उसका छिमेकी देशले नाकाबन्दी गरेको एक वर्ष पुगेको छ ।

यसलाई खाडी क्षेत्रमा पछिल्लो केही समयदेखिको सबैभन्दा ठूलो कूटनीतिक संकटका रुपमा हेरिएको छ ।

खाडी क्षेत्रको तनाव गत वर्षको जुन ५ बाट सुरु भएको थियो । साउदी अरबको नेतृत्वमा कतारमाथि भएको नाकाबन्दीमा बहराइन, इजिप्ट र युनाइटेट अरब इमिरेटस् (युएइ)ले साथ दिएका थिए ।

उनीहरुले सोही समयमै कतारसँगको सवै कूटनीतिक सम्वन्ध टुटेको बताएका थिए ।

कतारले ‘आतङ्कबाद’लाई सहयोग पु¥याएको र इरानसँग नजिकिएको नाकाबन्दी लगाएका मुलुकले कतारलाई आरोप लगाएका छन् ।

तर कतारले भने उनीहरुको आरोप अस्विकार र खण्डन गर्दै आइरहेको थियो ।

उनीहरुले कतारसँगको स्थल र जल नाका अहिलेसम्म पनि बन्द नै गरेका छन् भने हवाई सेवा टुटाएका छन् । साथै कतारका नागरिकलाई आफ्नो देशबाट निकाला पनि गरेका छन् ।

साउदी अरबले कतारको अलजजीरा टेलिभिजन च्यानलको रियाद व्युरो कार्यालय पनि बन्द गरिदिएको छ ।

नाकाबन्दी लगाउने देशहरुले गत वर्षको जुन २२ मा साउदी अरबको नेतृत्वमा कतारलाई १३ बुँदे माग तथा सर्त पुरा गर्न भनिएको पनि समाचारमा जनाइएको थियो ।

मागमध्ये एउटा अल जाजिरा च्यानल बन्द गर्नुपर्ने माग पनि थियो । त्यसैगरी इरानसँगको सम्वन्धलाई महत्व दिनु नहुने, कतारमा रहेको टर्कीको सैनिक शिविर बन्द गर्नुपर्ने सर्त पनि ती देशहरुले राखेका थिए ।

माग तथा सर्त पुरा गर्न उनीहरुले कतारलाई दश दिनको समय दिएका थिए । तर ती माग पूरा गर्न नसक्ने अडान कतारले लिएपछि उसमाथि आर्थिक तथा सबै किसीमको नाकाबन्दी गरिएको हो ।

विवाद समाधान नभइरहेका बेला गएको सेक्टेम्बर ८ मा कतारका राजाले साउदी अरबका युवराजसँग वार्ता गर्न चाहेको खवर पठाए ।

राजाको त्यो आह्वानलाई कतारी सञ्चारमाध्यमले गलत तरिकाले व्याख्या गरे । त्यसपछि सेक्टेम्बर ९ मा साउदी अरबले कतारसँग कुनै वार्ता नहुने जवाफ पठायो ।

राष्ट्रसंघसँग दुवै पक्षको उजुरी 

सन् २०१८ को अप्रिलमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारका राजालाई भेटेर नाकाबन्दीका बारेमा समाधान निकाल्न आग्रह गरे ।

नाकाबन्दीका बारेमा संयुक्त राष्ट्रसंघमा पनि छलफल भयो भने राष्ट्रसंघले पनि कूटनीतिक समाधानका लागि दुवै पक्षलाई आह्वान ग¥यो ।

सैन्य कारबाही गर्ने अरबको चेतावनी 

कतारले रसियाली एस–४०० हवाई रक्षा प्रणाली किनेमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको छ ।

रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुनलागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको समाचार सार्वजनिक भएको छ ।

कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो ।

त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । अरबको यो चेतावनीपछि भने कतारको कुनै प्रतिक्रिया आएको छैन ।
रासस

 

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top