नाभाल्नीको समर्थकलाई पश्चिमा देशहरुले उक्साएः रुस

१२ माघ, एजेन्सी ।
रुसी राष्ट्रपतिका कडा आलोचक तथा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा प्रदर्शनका लागि पश्चिमा देशहरुले उक्साएको आरोप रुसले लगाएको छ ।

गएको शनिबार नाभाल्नीका दशौँ हजार समर्थकले रुसका एक सय भन्दा बढि शहरमा प्रदर्शन गरेका थिए । प्रहरीले ३५ सय भन्दा प्रदर्शनकारीलाई पक्राउ गरेको अनुगमनकर्ताले बताएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले भने प्रदर्शनमा सीमित व्यक्तिको मात्रै सहभागिता भएको दाबी गरेको छ । प्रदर्शनकारीमाथिको ज्यादतीलाई लिएर रुसमाथि प्रतिबन्धात्मक उपायहरु अपनाउन युरोपियन युनियन (इयू) माथि दबाब परिरहेको छ ।

रुसी सत्ताले प्रदर्शनकारीमाथि कठोर रणनीति लिएको आरोप अमेरिकाको छ । शनिबार भएको प्रदर्शनको क्रममा दंगा प्रहरीले प्रदर्शनकारीलाई पिटेको देखिएको थियो ।

पाँच महिना पहिले विष दिएर हत्या प्रयास गरिएको विपक्षी नेता नाभाल्नी जर्मनीमा उपचार पछि रुस फर्किए लगत्तै गएको हप्ता पक्राउ परेका थिए । उनको रिहाइको माग गर्दै रुसमा प्रदर्शन हुँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top