६७ वर्षका मेक्सिकन राष्ट्रपति कोरोना संक्रमित

१२ माघ, एजेन्सी ।
मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लापेज ओब्राडोर कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

उनले आइतबार ट्वीट गरेर आफू संक्रमित भएको जानकारी दिएका हुन् । ६७ वर्षका आन्द्रेस सन् २०१३ मा हृदयघातबाट गुज्रिएका हुन् । त्यो बेलासम्म उनले धुम्रपान गर्ने गरेका थिए ।

कोरोना संक्रमणका केही लक्षणहरु मात्रै देखिएको र उपचार गराईरहेको उनले जानकारी गराएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

सार्वजनिक स्थानमा मास्क लगाउन अस्वीकार गर्दै आएका उनले आफू आशावादी रहेको बताएका छन् । देशको उत्तरी तथा मध्य क्षेत्रको तीन दिने भ्रमण सकेर राजधानी मेक्सिको सिटी फर्किएका उनले काम भने जारी राख्ने जनाइएको छ ।

मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण एक लाख ४९ हजार ६ सय भन्दा धेरैको ज्यान गएको छ । यस्तै संक्रमितको संख्या १७ लाख ६३ हजार दुई सय भन्दा धेरै छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top