दाहाल–नेपाल समूहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

दाहाल–नेपाल समूहले गर्यो तेस्रो चरणको आन्दोलन घोषणा

१२ माघ, काठमाडौँ ।
नेकपाको दाहाल–नेपाल समूहले तेस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

सोमबार पत्रकार सम्मेलन गरि माघ १३ देखि २८ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो।

घोषित कार्यक्रमअनुसार माघ १३ गते काठमाडौँमा सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना र माघ १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्जली दिने कार्यक्रम छ।

यसैगरी माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गर्ने कार्यक्रम तय गरिएको छ।

माघ २२ गते काठमाडौँमा युवा र्‍याली, २६ गते देशव्यापी मशाल जुलुस र २८ गते काठमाडौँमा विरोधसभभा गर्ने घोषणा गरिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.