×

NEPAL TIMES UPDATES

Playing
रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन || Nepal Times
Mar 24, 2026
Playing
सिंहदरबारमा रास्वपालाई सबैभन्दा ठूलो कार्यकक्ष, अन्यका कस्ता छन् ? || Nepal Times
Mar 24, 2026
Playing
Trumpले नै फेक न्युज फैलाए ? इरानी संसद अध्यक्षले गरे वार्ताको खण्डन || Nepal Times
Mar 24, 2026
Playing
५ दिन आक्र म ण बन्द, इरानको ढोकामा ५,००० अमेरिकी सैनिक तैनाथ || Nepal Times
Mar 23, 2026
Playing
इ रानमाथिको आ क्रमण ५ दिन रोक्न ट्रम्पको निर्देशन, वार्ता सकारात्मक|| Nepal Times
Mar 23, 2026
Playing
रविको मु*द्दा फिर्ता लिने निर्णय विरुद्धको रिट ‘हेर्दाहेर्दै’मा|| Nepal Times
Mar 23, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-09-2082 || Nepal Times
Mar 23, 2026
Playing
१५औं महाधिवेशन मिति तोक्न कांग्रेसले डाक्यो बैठक|| Nepal Times
Mar 23, 2026
Playing
यु द्ध कै बीच इरानको अत्यधिक कमाइ, खाडी देशहरू भने अप्ठ्यारोमा || Nepal Times
Mar 23, 2026
Playing
इरानले अमेरिकी एफ–१५ फाइटरलाई निशाना बनाएको हो ?|| Nepal Times
Mar 23, 2026

प्रतिनिधि सभाले सरकारलाई सहयोग गरेन भन्नु गलत : सभामुख सापकोटा

१२ माघ २०७७

१२ माघ, काठमाडाैँ ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदले सरकारलाई सहयोग गरेन भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालले संसद सूचारु गर्न माग गर्दै बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले प्रतिनिधि सभाले कहिल्यैपनि सरकारलाई असहयोग नगरेको बताएका हुन्।

Advertisement

संदमा एकदिन पनि सत्तापक्ष र प्रतिपक्ष कसैले पनि सरकारको विरोध गरेर सरकारले दिएको बिजनेसमाथि प्रभाव नपारेको बताए । संसदमा अराजकता भयो, अनुशासन भएन भन्ने सरकारको आरोपमा कुनै सत्यता नभएको सभामुख सापकोटाले बताए। उनले भने ‘कुनै दिन पनि न त्यहाँ त्यस्तो नारा लाग्यो न वेल घेर्ने काम भयो । सौहार्द ढंगले व्यवस्थित ढंगले हामीले लोकतन्त्रको मूल्य मान्यता, आदर्शलाई स्थापित गर्नका लागि छलफलको वातावरण बनाउनको लागि हामीले भगिरथ मेहनत ग¥यौं । हामी सबै सांसदहरु, सचिवालयका कर्मचारीहरु सबैले अहोरात्र खटेर र सबै अनुशासित भएर सदन सञ्चालन गरेका थियौं । जुन अहिले सहयोग भएन, त्यहाँ अराजकता भयो, अनुशासन भएन भन्ने कुरा आइरहेको छ त्यो सत्यमा आधारित छैन । त्यो सत्य छैन ।’

सभामुख सापकोटाले प्रतिनिधि सभाको अधिवेसन सूचारु गर्ने कुरामा सरकारले अवरोध गनु बेठिक भएको पनि बताउनु भएको छ । संसदले नीति तथा कार्यक्रम र बजेट पास गर्ने कुरामा कहिल्यैपनि अवरोध नगरेको तर सरकारले विघटन गरेर प्रतिनिधि सभालाई सञ्चालन गर्न अवरोध गरेको बताए । उनले भने ‘म के भन्न चाहन्छु भने एउटा यस्तो अवरोध गरेको कुरा चाहे त्यो नीति तथा कार्यक्रम पास गर्ने कुरामा होस, चाहे बजेट पास गर्ने कुरामा होस कुनै कुरामा पनि प्रतिनिधि सभाले सहयोग नै गरेको छ । कार्यपालिकालाई कहिल्यै पनि असहयोग गरेको छैन् । त्यसकारण यस्तो परिस्थितिमा जुन खालको अवरोध सिर्जना गरिएको छ त्यो बेठिक छ ।’

संसदले संविधान संसोधन गरेर नक्सा पास गरी अभूतपूर्व एकता देखाएको अवस्थामा अवरोध सिर्जना ग¥यो भन्नु गलत भएको पनि बताए । संसद भित्र कहिल्यैपनि प्रतिपक्ष र कुनैपनि सांसदले अवरोध नगरेको पनि बताए । उनले भने, ‘हामीले संविधान संशोधन गरेर नक्सा पास ग¥यौं त्यो सायदै अभूतपूर्व एकता थियो हाम्रो संसदमा प्रकट भएको । त्यसैगरी यो पनि स्पष्ट पार्न चाहन्छु संसद भित्र न प्रतिपक्षले न कुनै माननिय सदस्यहरुले कुनै खालको अवरोध गर्नुभएको थिएन् ।’

संसद फेरीपनि सूचारु गर्नुपर्छ भन्ने आवाज आइरहेको उल्लेख गर्दै सभामुख सापकोटाले यस सम्बन्धमा आफूले अध्ययन गरिराखेको बताए । उनले भने, ‘दुईवटा सदन चलाएको अनुभव सहित हाम्रो व्यवस्थित देशको सर्वाङ्गिण कुरामा ध्यान दिदै व्यवस्थित ढंगले संसद सञ्चालन गर्ने तयारी हँदै गर्दाखोरी हठात संसद सञ्चालनमा आवरुद्धता आएको छ । त्यसलाई सूचारु गर्नपर्छ भनेर तपाईहरुले मात्रै होइन यो देशका सबै संविधानविद्हरु, कानूनविद्हरु, विज्ञहरु, राजनीतिक पार्टीका नेताहरु अधिकांसले चिन्ताका साथ सूचारु हुनुपर्छ भन्ने आवाज उठाईराख्नु भएको छ । त्यस सम्बन्धमा म गम्भिरतापूर्वक जिम्मेवारी पूर्वक अध्ययन गरिराखेको छु । विश्लेषण गरिरहेको छु ।’

सभामुख सापकोटाले संसदले सरकारलाई जहिले पनि सहायोग गरेको कुरालाई समेटेर अदालतलाई समेत जवाफ दिएको बताए । प्रतिनिधि सभाले सरकारलाई कहिले पनि कार्यपालिकालाई असहयोग नगरेको अवस्थामा सरकारले विघटन गरेर प्रतिनिधि सभालाई अवारेध गर्न नहुने पनि उनको भनाई छ ।

भर्खरको समाचार

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

रविको मुद्दा संशोधनबारे महान्यायाधिवक्ताको निर्णयमा के छ ?

rabi lamichhane

कांग्रेसको ओरालो यात्राः देउवाको मौनता कि गगनको हतारो ?

deuwba and gagan

होर्मुजमा २२ देशबाट घेरियो इरान,ट्रम्पले दिए ४८ घण्टा, इजरेलमा भीषण हमला

Screenshot 2026-03-22 134130

कोशी र लुम्बिनीमा मेघगर्जनसहित वर्षा,टिपर दुर्घटनामा ४ जनाको मृत्यु

Mausam

लिपुलेकबाट भारत–चीन व्यापार पुनः सुरू हुँदै, नेपाललाई बेवास्था

596774ff-a83d-4b61-9317-9eb37f7ee909

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

सम्बन्धित खबरहरु

Scroll to Top