भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एप सधैँका लागि बन्द

भारतमा टिकटकसहित ५९ वटा चिनियाँ एप सधैँका लागि बन्द

१३ माघ, एजेन्सी । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ ।

यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप अब सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा खतरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

लद्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृत्यु भएपछि भारतले यस्तो कदम चालेको थियो।

भारत र चीनबीच अहिले पनि सीमामा तनाव जारी छ। अघिल्लो सातामात्रै उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकबीच झडप भएको र दुबै पक्षका २४ जना घाइते भएको भारतले दाबी गरेको छ । यद्यपी चीनले भने उक्त घटनाबारे जानकारी गराएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.