×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

कृषि कानुनको विरोध प्रदर्शन गर्दै दिल्ली पुगेका किसानहरुमाथि अश्रुग्यास प्रहार

१३ माघ २०७७

१३ माघ, एजेन्सी । कृषि कानुनको विरोधमा आन्दोलन गरिरहेका भारतीय किसान दिल्ली पुगेका छन् । गणतन्त्र दिवस मनाइरहँदा आफ्नो आन्दोलनलाई दिल्ली केन्द्रित गर्न विभिन्न नाकामा धर्ना दिइरहेका किसान दिल्ली पुगेको बीबीसीले जनाएको छ ।

उनीहरू दिल्ली प्रवेश गर्न खोज्दा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनकारीहरू विभिन्न ठाउँबाट दिल्लीको मध्य भागमा पर्ने आईटीओ इलाकामा केन्द्रित हुन खोजिरहेको बीबीसीले जनाएको छ । दशौँ हजारको सङ्ख्यामा किसान ट्र्याक्टर ¥यालीमा सहभागी हुँदै बजारमैत्री व्यवस्थाको विरोध गरिरहेका छन् ।

Advertisement
Advertisement

महिनौँदेखि किसानहरूले सरकारको नीतिको विरोधमा आन्दोलन गरिरहेका हुन् । सरकारले १८ महिनाका लागि उनीहरूले विरोध गरिरहेका कानुनहरू लागू नगर्ने बताए पनि उनीहरूले ती कानुन रद्द गरिनुपर्ने माग राखेर आन्दोलन जारी राखेका छन् । प्रहरीले केही चरणको वार्तापछि किसानले गणतन्त्र दिवसका कार्यक्रमलाई असर नपर्ने गरि ¥याली गर्न दिन सहमति जनाएको थियो ।

Advertisement
Advertisement

दिल्ली प्रवेशको ६ नाकाबाट किसान सहर प्रवेश गर्ने भए पनि मूल बाटो बन्द गरेर प्रहरीले किसानलाई बाहिरी बाटो प्रयोग गर्न भनेको थियो । तर सिन्घु, टिकरी र गाजीपुरमा प्रहरी अवरोध तोडेर किसानहरू अगाडि बढेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top