विदेशी मुद्राको सटही सुविधाका लागि अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

१५ माघ ७७, शुक्रबार

काठमाडौँ: विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउनेसम्बन्धी व्यवस्था’को प्रारम्भिक मस्यौदा तयार गरेको छ ।

मस्यौदा उपर प्राप्त राय तथा सुझावका आधारमा आवश्यक संशोधनसहित छिट्टै निर्देशन जारी गरिने विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले जानकारी दिनुुभयो । “सबै तयारी तोकिएकै समयमा पूरा भएमा फागुनदेखि प्रिपेड कार्ड कार्यान्वयनमा आउनेछ,” उहाँले भन्नुभयो । नेपालमा रहेका ‘क’ वर्गका वाणिज्य बैङ्कले अनलाइनमार्फत विदेशबाट सेवा आयात गर्दाबापतको भुक्तानी गर्ने प्रयोजनका लागि विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न पाउनेछन् ।

कार्डको प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको पढाइ, तालिम तथा ज्ञान प्राप्त गर्न, सूचना प्रविधिसँग सम्बद्ध प्रडक्ट डेभलपमेन्टका लागि चाहिने कुनै सफ्टवेयर तथा सेवा खरिद गर्न, डोमेन दर्ता तथा वेब होस्टिङ गर्न डलरमा पैसा तिर्ने सकिनेछ । स्वास्थ्य र निरोगी रहन सहयोग पु¥याउने विभिन्न एपहरूको माग गर्न, विभिन्न जर्नल तथा अन्तर्राष्ट्रिय ब्रान्डका विद्युतीय पुस्तकहरू खरिदका लागि समेत सानोतिनो रकम तिर्न पनि नयाँ व्यवस्थाले सहज बनाउने भएको छ । राष्ट्र बैङ्कले बढीमा ५ सय डलरसम्मका लागि यस किसिमको प्रिपेड कार्ड जारी गर्न लागेको छ ।

पछिल्लो समयमा फेसबुक, ट्विटर, युट्युब, गुगलजस्ता माध्यमबाट गरिने विज्ञापन लगायतका भुक्तानीको प्रचलन बढ्दै गएकाले नयाँ व्यवस्था लागू गर्न लागिएको मिश्रले जानकारी दिनुभयो । “डिजिटल हुन्डीले प्रश्रय पाउन सक्ने भएकाले यस्तो व्यवस्था गर्न लागिएको हो,” उहाँले भन्नुभयो ।

केन्द्रीय बैङ्कले चालू आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नै विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने उल्लेख गरेको थियो । विदेशी मुद्राको प्रिपेड कार्ड लिन चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाको बैङ्क खातामा रहेको नेपाली रुपियाँलाई सटही गरी त्यस्तो कार्ड जारी गर्न पाउनेछन् ।

वाणिज्य बैङ्कहरूले कार्ड जारी गर्दाको सो दिनको विनिमय दरका आधारमा ग्राहकको अनुरोधमा बढीमा अमेरिकी डलर पाँच सयसम्मको कार्ड जारी गर्न सक्छन् । त्यस्तो कार्ड जारी गर्दा विदेशबाट सेवा खरिद गर्दा लाग्ने कर अग्रिम रूपमा कट्टा गर्नुपर्ने व्यवस्था छ ।

विदेशमा भएका आफन्त तथा साथीभाइका माध्यमबाट भुक्तानी गर्दा राज्यलाई कर नआउने र बैङ्किङ माध्यमबाट जाँदा बाहिरिने रकमको तथ्याङ्कसमेत यो व्यवस्थाले उपलब्ध गराउनेछ । यस्तो सेवाबापत कति कर लिने भन्ने निश्चित नभइसकेकोे राष्ट्र बैङ्कको भनाइ छ ।

दोहोरो उपभोग गरे कारबाही
प्रिपेड कार्ड प्रयोगकर्ताले अन्य बैङ्कबाट यस्तो सुविधा नलिएको स्वघोषणा अनिवार्य रूपमा लिनुपर्ने राष्ट्र बैङ्कले जनाएको छ । प्रयोगकर्ताले एकभन्दा बढी बैङ्कबाट यस्तो सुविधाको दोहोरो उपयोग गरेको पाइएमा त्यस्ता ग्राहकलाई विदेशी विनिमय ९नियमित गर्ने० ऐन बमोजिम कारबाही हुने मस्यौदामा उल्लेख छ ।

प्रिपेड कार्डमार्फत डलरको कारोबार गर्दा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ लगायतका प्रचलित कानुन, नियम, निर्देशनको पूर्णतया पालना गर्नुपर्नेछ भने जारी गरिएको कार्डसम्बन्धी विवरण र सो कार्डबाट खर्च भएको विवरण सम्बन्धित वाणिज्य बैङ्कले तोकिएको ढाँचामा मासिक रूपमा प्रत्येक महिना समाप्त भएको सात दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा पेस गर्नुपर्ने मस्यौदामा उल्लेख छ ।

प्रतिबन्धित सेवा भने लिन नपाइने यो सेवामा कसैले पाँच सय डलर साटेर त्यसको दोब्बर आम्दानी गरेको प्रमाण पेस गरेमा प्रिपेड कार्डमा थप रकम जम्मा गर्ने सुविधा पाउने मस्यौदामा उल्लेख छ । प्रिपेड कार्डमा विदेशी मुद्रा जम्मा गर्दा अन्य व्यक्तिको नाममा र अन्य कसैको कार्डमा विदेशी मुद्रा जम्मा गर्न नपाइने व्यवस्था पनि यसमा गरिएको छ ।,यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top