निर्वाचन आयोगले पुनः नेकपाको दुवै पक्षलाई छलफलका लागि बोलाउने

१६ माघ, काठमाडाैँ ।
निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको छ ।

शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उनको भनाई छ ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जानकारी गराएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।

Advertisement

आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पार्नुभएको प्रवक्ता श्रेष्ठको भनाई छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौड्यालले बताउनुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top