×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

५ प्रतिशत आर्थिक वृद्धि हुने अर्थमन्त्रालयको प्रक्षेपण

१६ माघ २०७७

१६ माघ, काठमाडाैँ ।

सरकारले चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशत सम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका हुन् ।

Advertisement
Advertisement

राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थमन्त्रालयका सचिव ढुंगनाले यस्तो बताए । यो आर्थिक वर्षको ६ महिनामा आर्थिक गतिविधि विस्तारित हुँदै गएको र राजस्व संकलनको स्थिति पनि गत वर्षकै लयमा फर्किएकाले अवको आर्थिक वृद्धिदर करिब ५ प्रतिशत हुन सक्ने देखिएको बताए । सरकारले यसवर्षको बजेट मार्फत ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको थियो ।

आर्थिक वृद्धिमा आएको कमिका कारण गरिबी निवारणमा सरकारले राखेको लक्ष्य भने प्रभावित हुने देखिएको छ । १२ लाख भन्दा बढी घरपरिवार गरिबीको रेखामुनि पर्न सक्ने सम्भावना अर्थमन्त्रालयले गरेको अध्ययनमा देखिएको पनि सचिव ढुंगानाले बताए । आर्थिक गतिविधि कमजोर भएको अवस्थामा शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा असर पर्ने देखिएको उनको भनाई छ । यसबाहेक मानिसको जीवनस्तर केही महँगो हुनसक्ने सम्भावना रहेको पनि बताए ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि रोजगारी सिर्जना हुनेगरी उद्योग मन्त्रालय, गरिबी निवारण कोष, युवा स्वरोजगार कोष र साना किसान लघुवित्त मार्फत विभिन्न कार्यक्रमहरु सञ्चालन गरिराखेको सचिव ढुंगानाले बताए । यस्तै सहुलियतपूर्ण कर्जालाई बैंकका प्रत्येक शाखाबाट परिचालन गर्ने व्यवस्था मिलाइएको पनि बताए । कोभिड–१९ बाट प्रभावित क्षेत्रमा ७७ अर्ब भन्दा बढी पुनरकर्जा परिचालन भइसकेको समेत बताए । यसबाट विस्तारै सबै क्षेत्र पुरानै लयमा फर्किने पनि बताउनुभयो ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले कोभिड अगाडि गरिबी निवारणको सन्दर्भमा ठीक दिशामा काम रहेको तर कोभिडका कारण असर परेको बताए । १५ औं योजनामा बहुहायामिक गरिबी ३८ दशमलव ६ बाट ११ दशमलव ५ मा झार्ने र मौद्रिक गरिबी १८ दशमलव ६ बाट ९ दशमलव ५ मा झार्ने लक्ष्य लिएको तर अहिले प्रभावित भएको बताए । कृषि र शिक्षा क्षेत्रमा लक्ष्य अनुसार प्रगति हुन नसकेपनि स्वास्थ्य क्षेत्रमा धेरै नै सुधार भएको बताए । यस्तै कोभिडको असर विस्तारै सामान्य अवस्था तर्फ फर्केकाले यस वर्ष करिब ५ प्रतिशतको आर्थिक वृद्धिदर हुन सक्ने देखिएको उपाध्यक्ष कँडेलले बताए । उत्पादनमुलक उद्योग तर्फ अझै असर परिरहेकोले आर्थिक वृद्धिदर प्रभावित हुने देखिएको उनको भनाई छ ।

बैठकमा राष्ट्रिय सभा सदस्यहरुले देशमा गरिबी बेरोजगार र भ्रष्ट्राचर बढ्दै गएका कारण दिगो विकासका लक्ष्यहरु प्राप्त हुन नसक्ने अवस्थामा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य दिनानाथ शर्माले कोभिडको असर सँगसँगै गरिबी, बेरोजगारी र भ्रष्ट्राचार एकैसाथ बढ्दै गएको बताए । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझिले दिगो विकासको लक्ष्यमा पुग्ने भनिएपनि सरकारले सोही अनुसकारको काम गर्न नसकेको बताए । दिगो विकासको लक्ष्य सम्म पुग्ने योजना सरकारसँग नरहेको पनि बताए ।

Advertisement

आफ्नो जिल्लामा मात्रै बजेट केन्द्रीत गर्ने मन्त्रीहरुको प्रवृतिले दिगो विकास लक्ष्यमा पुग्न नसकिने पनि राष्ट्रिय सभा सदस्यहरुले बताएका छन् । यस्तै स्थानीय जनप्रतिनिधिहरुले पनि प्रत्येक विकास निर्माणका कामको ठेक्का आफै लिने भएकाले विकासका काम प्रभावित भएको उनीहरुको भनाई छ ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top