कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्छः गगन थापा

कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्छः गगन थापा

१६ माघ, काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालतमा भएको विषयमा कांग्रेस बोल्दैन भन्ने भ्रम नराख्न आग्रह गरेका छन् ।

प्रतिनिधि सधा विघटनको विरोधमा नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं. ६ काठमाडौँले शुक्रबार शान्ति बाटिकामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले कायरले मात्रै अदालतमा भएको विषयमा बोल्दिन भन्ने बताए ।

उनले अदालतमा भएको प्रतिनिधि सभा विघटनको मुद्दालाई कांग्रेसले असंवैधानिक कदम भनिसकेको बताए । नेता थापाले अदालतले दायाँबायाँ फैसला नगर्ने विश्वास व्यक्त गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.