सडक मानवमुक्त राष्ट्र बनाउने सरकारको योजनामा साथ दिन प्रधानमन्त्रीको आग्रह

१६ माघ ७७, शनिबार

१७ माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र बनाउने सरकारको योजनामा साथ दिन सबैसँग आग्रह गरेका छन् ।

मानव सेवा आश्रमले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले सडक जीवन बिताइरहेका सहयोगापेक्षी व्यक्तिहरूको व्यवस्थापनमा आवश्यक सहयोग र सहकार्य गर्न सबै सरकारी तथा गैह्र सरकारी निकायहरूलाई आग्रह गरे ।

Advertisement

प्रधानमन्त्री ओलीले सडक बालबालिका तथा अन्य सहयोगापेक्षी व्यक्तिको व्यवस्थापनमा क्रियाशील गैह्र सरकारी सङ्घ–संस्थाहरूसँग आवश्यक सहयोग र सहकार्य गर्न सुरक्षा निकाय तथा सरकारका निकायहरूल निर्देशन दिए।

प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई केन्द्रमा राखेर राजनीति गरिरहेको बताउँदै कसैको बिरोध तथा अवरोधबाट विचलित नहुने पनि बताए।

Advertisement

उनले असल उद्देश्यका साथ थालिएको अभियानमा विरोध गर्नेहरू आफै समाप्त भएर जाने बताए। प्रधानमन्त्री ओलीले मानव अधिकारका क्षेत्रमा कार्यरत सङ्घ–संस्था तथा अभियन्ताहरूलाई समेत राजनैतिक पक्ष–विपक्षमा नलागी वास्तविक अर्थमा मानवीय सेवा र अधिकारको आवश्यकता हरेका व्यक्तिहरूको पक्षमा काम गर्न आग्रह गरे ।

कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले समाज सेवाको क्षेत्रमा क्रियाशील सङ्घ-संस्थाहरू बीच समन्वय गरी लगानी अनुसारको उपलब्धि हासिल हुने वातावरण बनाउन मन्त्रालय क्रियाशील रहेको बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top