दल दर्ताको तयारीमा निर्वाचन आयोग

काठमाडौं: निर्वाचन आयोगले १७ र २७ वैशाखमा तोकिएको प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको छ । निर्वाचनसँग सम्बन्धित काम अघि नबढाए तोकिएको समयमा निर्वाचन गर्न असहज हुने निष्कर्षसहित निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको आह्वान गर्ने तयारी गरेको हो ।

Advertisement

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न आयोगले निर्वाचनका लागि आवश्यक पर्ने काम अघि बढाउनुपर्ने भएकाले आयोगले दल दर्ताको आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गरेको जानकारी दिए ।

‘निर्वाचनमा भाग लिन चाहने दलहरूले निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गर्नुपर्छ । तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न पनि आयोगले अब दल दर्तालगायतका काम अघि बढाउनुपर्छ । दल दर्ता गर्न आयोगले आह्वान गर्दै सूचना प्रकाशन गर्ने तयारी गर्दै छ,’ आयोगका प्रवक्ता श्रेष्ठले राजधानीसँग भने ।

Advertisement

आयोगले हाल आचारसंहिताको मस्यौदासमेत बनाइरहेको छ । यस्तै अर्थ मन्त्रालयसँग निर्वाचनका लागि बजेट माग गर्न आयोग तयारी अवस्थामा पुगेको छ ।, याे खबर राजधानी दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top