NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ? शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन् शनिबार साउन १० , २०८२
मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ? शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक शनिबार साउन १० , २०८२
Next
Prev

समाचार

स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

शनिबार माघ १७ , २०७७
Reading Time: 1 min read
A A
स्वास्थ्यकर्मी भन्छन्–‘खोप लगाएपछि ढुक्कले सेवा गर्न पायौँ’

sf]le8 efO/; lj?4sf] vf]k nufpFb} :jf:YosdL{ an]jf, !$ df3M afun'ªdf a'waf/ sf]le8lj?4sf] vf]k nufpFb} wf}nflul/ c:ktfnsf lgldQ d]l8sn ;'k/L6]08]G6 8f lbjfs/ k/fh'nL . klxnf] r/0fdf afun'ªsf Ps xhf/ &!$ :jf:YosdL{nfO{ vf]k nufOFb}5 . tl:a/M tf/fgfy cfrfo{÷/f;;

Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१७ माघ, गलकोट ।

नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् ।

भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा समेत लगाउन थालिएको छ । स्वास्थ्यकर्मी, सफाइ तथा महिला स्वास्थ्य स्वयंसेविकालाई पहिलो चरणमा खोप लगाउन थालिएको छ । कोरोनाको निकै जोखिमपूर्ण अवस्थामा परिवारबाट समेत अलग्गै बसेर जनताको सेवामा खटिएका स्वास्थ्यकर्मीले खोप लगाउन पाउँदा आफूलाई भाग्यमानी ठानेको प्रतिक्रिया दिएका छन् ।

Advertisement

बागलुङमा पहिलो खोप लगाउने धौलागिरि अस्पताल बागलुङका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा दिवाकर पराजुलीले आफूले खोप लगाएर ढुक्क भएर जनताको सेवामा खटिन पाउँदा खुशी लागेको बताए। “कतिपय स्वास्थ्यकर्मी नै मृत्यु हुनु भएको खबर आउँदा परिवारमा समेत पीडा हुने गरेको थियो”, डा पराजुलीले भने, “जिल्लामै पहिलोपटक कोरोना खोप लगाउन पाउँदा भाग्यमानी ठानेको छु ।”

धौलागिरि अस्पताल नेपालमै पाँचौँ र छैटौँ कोरोना सङ्क्रमितको उपचार गराउने अस्पतालका रुपमा रहेको छ । पराजुलीले खोप ढुक्क भएर लगाउन अन्य स्वास्थ्यकर्मीलाई समेत अनुरोध गरेका थिए । पहिलो दिनमै बागलुङका ११७ स्वास्थ्यकर्मी र सफाइ कर्मचारीले खोप लगाए । दोस्रो दिन बिहीबार २७८ ले खोप लगाएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले जानकारी दिए । गुरौँका अनुसार बागलुङमा एक हजार ९६० डोज खोप आएको छ ।

डा पराजुलीले जुनसुकै खोपमा पनि सामान्य प्रतिक्रिया देखा पर्ने भन्दै सबैलाई संयमित हुन आग्रहसमेत गरेका थिए । खोपका बारेमा चलाइएका अनावश्यक हल्लामा विश्वास नगर्न आग्रह गर्दै डा पराजुली खोप सबैसम्म पु¥याउनुपर्ने र आमनागरिकले अब प्रयोग गर्नुपर्ने धारणा राख्छन् ।

स्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरे खोप लगाउनेको व्यवस्थापनमा खटिनुभएको छ । उहाँले सबैलाई खोप लगाएपछि अन्तिममा लगाउने बताए । “सेवामा खटिँदा सङ्क्रमित नै भएँ, अहिले स्वयंसेवीलाई खोप लगाउने व्यवस्थापनमा खटिएको छु”, घिमिरेले भने, “यही डोजको अन्तिम खोप लगाउने योजनामा रहेको छु ।” सङ्क्रमित भएरसमेत स्वस्थ भई काममा खटिएको र खोप आउँदा आफू खुशी भएको उनको भनाइ छ ।

आफूले खोप लगाउन पाउँदा निकै खुशी भएको धौलागिरि अस्पतालमा कार्यरत सिनियर अनमी टीकादेवी रिजालले बताइन्। आफूले बुधबार बिहान कोरोना खोप लगाएलगत्तै सेवामा खटिएको बताइन्। “पहिले सङक्रमणको भय हुँदाहुँदै सेवामा खटिएको थिएँ”, रिजालले भनिन्, “अब ढुक्क भएर सेवा दिन पाइने भयो ।” खोप लगाउन डराउन नहुने उनको भनाइ रहेको छ ।

यस्तै धौलागिरि अस्पतालका स्वास्थ्यकर्मी प्रदीप आचार्य र निर्मला पौडेलले खोप लगाएर ढुक्कका साथ सेवामा खटिँदा खुशी भएको बताए । अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी तथा सफाइ कर्मचारीले खोप लगाएपछि अर्को चरणमा अन्य सर्वसाधारणलाई खोप लगाइने जनाइएको छ । खोप लगाएका कसैमा कुनै समस्या नआएको अस्पतालले प्रष्ट पारेको छ ।

शान्ति बौद्ध विहार गुम्बाको शिलान्यास

भूकम्पले क्षति पु¥याएको बागलुङ नगरपालिका–११ रायडाँडास्थित शान्ति बौद्ध विहार गुम्बाको पुनःनिर्माणका लागि शिलान्यास गरिएको छ ।

विसं २०७२ को भूकम्पले क्षति पु¥याएको सो बौद्ध गुम्बाको पाँच वर्षपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माण गर्न एक महीना अघिबाट शुरु गरेको थियो । जग्गा सम्माउने कार्य सम्पन्न भइसकेपछि बागलुङ नगरपालिका–११ का वडाध्यक्ष ज्ञानेन्द्र गौतमले शिलान्यास गरेका थिए । उनले बागलुङमा बुद्धमार्गीको प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ गुम्बा निर्माण थालिएको बताए । रायडाँडाको हलहलेस्थित रहेको गुम्बाको पुनःनिर्माण प्राधिकरण र शान्ति विहार बौद्ध गुम्बाको साझेदारीमा पुनःनिर्माण शुरु गरिएको छ ।

विसं २०६२ मा स्थापना भएको सो गुम्बा २०७० सालमा विधिवत् दर्ता भएर सञ्चालनमा आए पनि सोही वर्षको भूकम्पले क्षति पु¥याएका कारण पुनःनिर्माण गर्नु परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ बागलुङका प्रमुख रेणुका पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार रु ६१ लाखको लागतमा ८०० वर्गमिटर गुम्बा पुनःनिर्माण थालिएको हो । रु ६१ लाखमध्ये प्राधिकरणले रु ४० लाख र रु २१ लाख स्थानीय तह तथा श्रमदानबाट जुटाएर निर्माण गरिने बताइएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र स्थानीय जनश्रमदानमा पुरानो गुम्बा भत्काएर भूकम्प प्रतिरोधी गुम्बा निर्माण थालिएको शान्ति बौद्ध विहार गुम्बा राडयाडाँडा निर्माण समितका अध्यक्ष रणबहादुर थापाले जानकारी दिए । यही असार १० गतेसम्म सक्ने गरी भूकम्प प्रतिरोधी गुम्बा निर्माण गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता भइसकेको छ ।

रासस

लोकप्रीय

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

विचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

थप समाचार

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति
मनोरन्जन

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?
अन्तर्राष्ट्रिय

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्
अन्तर्राष्ट्रिय

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

World News: यु*द्ध रोक्न Russiaलाई नयाँ डेडलाइन, रोकियो भारतीय नर्सको मृ*त्युदण्ड || Nepal Times

00:16:03

World News:खामेनीको ह*त्या गर्ने धम्की, को*रोना परास्त गर्ने औषधि फेला|| Nepal Times

00:13:47

World News: Iranमा ह*त्या आतंक, अमेरिकी सुपरमार्केटमा चक्कु प्रहार || Nepal Times

00:12:45

World News: सय मोस्टवान्टेड Chinaमा, Modiले डुलेरै सके ३६२ करोड || Nepal Times

00:23:28

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

मधेस प्रदेशमा हाहाकार, आज पानी पर्ला ?

शनिबार साउन १० , २०८२
विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

विद्याको समर्थन गर्नेलाई एमालेले हान्यो चाबुक

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२

हालका पोस्टहरू

जापानमा  नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

जापानमा नेपाली संगीतको महाकुम्भः’द एज’ ब्यान्डको प्रस्तुति

सोमवार साउन १२ , २०८२
कम्बोडियाले किन माग्यो युद्धविराम ?

कम्बोडियाले किन माग्यो युद्धविराम ?

शनिबार साउन १० , २०८२
भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

भोको गाजाः जिउँदाहरु हिँड्दा हिँड्दै शव बन्छन्

शनिबार साउन १० , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.