लाइसेन्सको परीक्षाका लागि आवेदन दिनुपर्ने अनलाइन प्रणालीमा अझै समस्या

१७ माघ, काठमाडौँ । चालक अनुमतिपत्रको परीक्षाका लागि आवेदन दिन सुरु गरिएको अनलाइन प्रणालीमा अझै समस्या देखिएको छ ।

आवेदकले अनलाइन मार्फत आफ्नो विवरण भर्ने क्रममा समस्या आइरहेको र समाधानका लागि प्रयास भइरहेको यातायात व्यवस्था विभागका वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डंगोलले बताए ।

यस्तै अनलाइन प्रणालीमार्फत कति जनाले आवेदन दिए भनेर हेर्न पनि समस्या भइरहेको र समस्याबारे जानकारी गराए पनि समाधान भने नभएको उनको भनाइ छ ।

Advertisement

अहिलेसम्म २ लाखभन्दा धेरै व्यक्तिले अनलाइनमार्फत आवेदन दिएको अनुमान गरिए पनि प्रणालीमा देखिएको समस्याले कतिले आवेदन दिए भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको विभागको आइटी डाइरेक्टरसमेत रहनुभएका वरिष्ठ कम्प्युटर इन्जिनियर डंगोल बताउँछन् ।

अनलाइन प्रणालीमार्फत आवेदन दिन लगाएर मात्रै नहुने भन्दै उनले बेलाबेला विभिन्न समस्याहरु आइरहने गरेको बताए । उनका अनुसार अहिले अनलाइन प्रणालीमा देखिएका समस्याको समाधान गर्ने काम भइरहेको छ ।

Advertisement

यस्तै एउटा डिभाइसबाट एकजनाले मात्रै अनलाइन आवेदन भर्न सकिने भएको छ । विचौलियाहरुको धेरैे चलखेल गर्न नपाओस् भनेर यस्तो गरिएको विभागका प्रवक्ता डा. लोकनाथ भुषालले जानकारी दिए ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top