मनाङको ताचैमा लागेको आगो नियन्त्रण बाहिर, तीन वडाका बस्ती जोखिममा

१७ माघ, मनाङ । आगलागीका कारण मनाङको नासो गाउँपालिका तीन वडाका बस्ती जोखिममा परेका छन् । वडा नम्बर ६ बाट लागेको आगो अहिले सात र आठ नम्बर वडामा फैलिरहेको गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए ।

उनकाअनुसार गाउँको भन्दा तल पाखो रहेकाले आगो नियन्त्रणमा लिन नसके बस्तीमा फैलिने डर छ । आगो निभ्याउन नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाले प्रयास गरिरहेका छन्।

स्याउला र धारोको पानी पाइपमा जोडेर आगो निभाउने प्रयास भइरहेको छ । तर, हावाहुरी चलिरहेकाले आगो झनझन् फैलिरहेको नासो गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले जानकारी दिए । गएको मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिकाका जङ्गलमा आगो लागेको हो ।

Advertisement

मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरहेका छन् । चारैतिर अग्ला डाँडाकाँडा र बीचमा रहेको बस्ती ताचै हो । त्यहाँ ६३ घरधुरी छन् ।

ताचै संरक्षण क्षेत्र व्यवस्थापन समिति अध्यक्ष याद घलेले आगो निभाउने प्रयास भइरहेको बताए । अर्का स्थानीय रोशन गुरुङले आगो नियन्त्रणमा अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) ले चासो नदिएको गुनासो गरे ।

Advertisement

आगोले एक्याप क्षेत्रको दुई हजार हेक्टर जङ्गल सखाप पारेको छ । अहिले आगो मनास्लु पदमार्गतर्फ गोवा भन्ने ठाउँमा बलिरहेकोे वडा ७ तिल्चेका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । (रासस)

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top