भिसिटिएस प्रविष्ट नगरी ढुवानी गर्ने १९ वटा व्यापारिक फर्ममाथि कारबाही

१७ माघ, काठमाडौँ । राजस्व अनुसन्धान विभागले भिसिटिएस अर्थात भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टममा प्रविष्ट नगरी मालसामान ढुवानी गर्ने १९ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ ।

Advertisement

विभागले सुरूमा काठमाडौं ढुंगेअड्डा र न्युरोडमा ट्रयाकिङ गर्दा १९ व्यापारिक कम्पनी कारबाहीमा परेका हुन्।

विभागले ती फर्मबाट २४ लाख रुपैयाँ जरिवाना तिराएको छ।

Advertisement

विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार काठमाडौँका विभिन्न ८५ वटा फर्म अनुगमन गर्दा १९ वटाले भिसिटिएस उल्लंघन गरेको पाइएको हो।

विभागले २०७६ साल साउन १ गतेदेखि नै भिसिटिएस प्रणाली प्रयोगमा ल्याएको छ।

Advertisement

भिसिटिएस राजश्व प्रशासन सुधारका लागि विभागले पछिल्लो समय विकास गरेको सूचना प्रणाली हो।

यस प्रणाली अन्तर्गत इन्टरनेटबाटै व्यावसायिक फर्महरूले मालसामान ढुवानी कसरी गर्छन् भन्ने जाँच गरिन्छ ।

यो प्रणालीमा सामान ढुवानी हुनुभन्दा अघि के, कहाँ, कति, ढुवानीलगायत सबै विवरण प्रविष्ट गर्नुपर्ने नियम छ ।

ढुवानीको सुरूको विन्दु र अन्तिम विन्दुसम्मै विभागले ट्रयाकिङ गरिरहेको हुन्छ।

सामान पुग्नुभन्दा अगाडि अनगोइङ र पुगेपछि डेलिभरीको सूचना अनलाइनमै प्राप्त हुन्छ। ‘कुन चालकले सामान साधन चलाइरहेको हो त्यो पनि थाहा हुन्छ,’ उनले भने, ‘त्यो साधन कहाँ(कहाँ पुग्छ भन्ने सबै थाहा हुन्छ, कसले किनेको कसले बेचेको थाहा हुन्छ।’

अहिलेसम्म विभागले भिसिटिएस उल्लंघनबाट चार करोड रुपैयाँ जरिवाना असुल गरिसकेको छ।

पूर्व(पश्चिम राजमार्गमा भिसिटिएस प्रभावकारी देखिएको छ। केही स्थानीय बजारमा भिसिटिएस प्रणालीमा नआउने गरेको पाइएको र त्यसको अनुसन्धान भइरहेको विभागले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top