सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या हुँदैन: टिकाराम भट्टराई

सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या हुँदैन: टिकाराम भट्टराई

१७ माघ, काठमाडौँ । वरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतले बलपूर्वक नभई सरल र सहज तरीकाले संविधानको व्याख्या गरी प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा फैसला गर्ने विश्वास व्यक्त गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता भट्टराईले सर्वोच्च अदालतबाट विश्व जगतलाई नै आश्चर्यमा पार्ने गरी बलपूर्वक संविधानको व्याख्या नहुने तर सरल र सहज व्याख्या हुने विश्वास रहेको बताएका हुन् ।

संसद विघटनको विरुद्धमा प्रधानमन्त्री केपी शर्मा ओली बाहेक सम्पूर्ण नेपाली नागरिकहरु, प्रेस, नागरिक समाज, लिगल कम्युनिटी रहेको पनि बताए ।

संसारका कानूनविदहरुले नेपालको घटनालाई नजिकबाट हेरिरहेकाले सर्वोच्च अदालतबाट बलपूर्वक संविधानको व्याख्या नहुने बताए ।

संविधानको सपथ खाएर न्यायाधीश बन्नुभएका न्यायाधीशहरु संवैधानिक इजलाशमा रहनुभएकाले उहाँहरुले आफुले खाएको सपथ विपरित हुनेगरी फैसला गर्नुहुन्छ भन्ने कल्पना समेत गर्न नसकिने भट्टराईको भनाई छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.