तीन दिनमै फेरियो फेरियो प्रधानमन्त्रीको बोली: अग्रपंक्तिकाले ३ महिनामा र जनताले १ वर्षभित्र पाउने दाबी

१७ माघ, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई कोभिड-१९ विरुद्धको खोप दिने आफ्नो बाचा फेरेका छन् । चितवनमा शनिबार आयोजित आमसभामा उनले कोभिड- १९को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।

उनले भने, ‘७७ वटै जिल्लामा खोप अभियान लगातार अगाडि बढेको छ । हिजो बेलुकासम्मा ४८ हजार भन्दा बढीले खोप लगाइसकेका छन् । यो क्रम अगाडि बढिरहेको छ र मैले भनेको छु एकदमै ‘फोर प्रन्ट’मा रहेर कठिनाइ झेलेकाहरूलाई खोप दिलाउने काम आगामी तीन महिनाभित्र सम्पन्न गर्नेछौं । बाँकी जनतालाई क्रमशः यो सन् २०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड- १९ लाई हामी नेपालबाट भगाउँछौं । बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास लिएका छौं ।’

माघ १४ गते भने प्रधानमन्त्रीले तीन महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप प्राप्त गरिसक्ने बताएका थिए । बुधबार बालुवाटारमा खोप अभियानको सुरुवात गर्दै उनले वैशाखसम्म सबै नागरिकले खोप पाइसक्ने घोषणा गरेका थिए ।

भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top