१७ माघ, काठमाडाैँ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको आर्थिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका छन् । नेपाल सहकारी बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले देशको राजनीतिक र गैह्र राजनीतिक क्षेत्रमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताएका हुन्।
सामाजिक विकासमा सहकारी क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले नै विपी कोइरालाले देशमा सहकारी क्षेत्रलाई भित्र्याएको पनि निधिले बताउनुभयो । तर पछिल्लो समय सहकारी क्षेत्रको विकासका लागि सरकारले महत्व दिएर नीति निर्माण गर्न नसकेको बताए ।
तीन खम्बे अर्थनीति अवलम्बन गरिएपनि अझैपनि सहकारीको विकास र विस्तारको क्षेत्रमा खासै काम हुन नसकेको उपसभापति निधिको भनाई छ ।