×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

वातावरण दिवसका उपलक्ष्यमा विराटनगरमा कपडाको मैत्रीपूर्ण झोला वितरण

२२ जेष्ठ २०७५

विराटनगर, जेठ २२
विश्व वातावरण दिवसका उपलक्ष्यमा ‘प्लास्टिक प्रदूषण निर्मूल पारौंँ, पुनः प्रयोग गर्न नसके बहिष्कार गरौंँ भन्ने नाराका साथ आज विराटनगरमा प्रभातफेरि गरिएको छ ।

प्रदेश नं १, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र विराटनगर उपमहानगरपालिकाबाट संयुक्त रुपमा आयोजित प्रभातफेरि नगरको मुख्य÷मुख्य भागको परिक्रमापछि विराटनगर–६ स्थित शैलेश मन्दिरमा पुगी कोणसभामा परिणत भएको थियो ।

Advertisement
Advertisement

प्रभातफेरिमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियत, महानगर प्रमुख भीम पराजुली र उपप्रमुख इन्दिरा कार्की, प्रदेशका सुरक्षा निकायका प्रमुख, प्रजिअ, कर्मचारी, सञ्चारकर्मी र सर्वसाधारणको सहभागिता थियो ।

सो अवसरमा स्वच्छ वातावरणका लागि प्रदेश प्रमुख तुम्बाहाङ, मन्त्री कुसियत, प्रमुख पराजुलीलेलगायतले साइकलमा चढेर प्रभातफेरि गरेका थिए । कोणसभामा प्रदेश प्रमुख तुम्बाहाङले समाजलाई स्वच्छ राख्न तथा आफ्नो गाउँ ठाउँलाई फोहरमुक्त बनाउने कार्यमा सबैको सहयोग आवश्यक रहेको बताए ।

प्रदेश उद्योगमन्त्री कुसियतले आफ्नो गाउँ, टोल र शहर स्वच्छ वातावरण राख्ने कार्य पहिले आफूबाट शुरु गर्नुपर्ने प्लाष्टिक बहिष्कार गरी कपडाको झोला प्रयोग गर्नुपर्नेमा जोड दिए । महानगरपालिका प्रमुख पराजुलीले फोहरबाट मोहर बनाउने कार्यमा महानगरपालिका लागिपरेको जानकारी दिए ।

कार्यकक्रममा प्रदेशसभाका उपसभामुख सरस्वती पोखरेल र महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहालले ‘स्वस्थ्य जीवन स्वच्छ वातावरण’ कायम राख्ने कार्यमा आजैदेखि सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताए।

Advertisement
Advertisement

सोही अवसरमा प्लास्टिकको झोला बहिष्कार गर्न कपडाको मैत्रीपूर्ण झोला सर्वसाधारणलाई वितरण गरिएको थियो । प्रदेशलाई साइकलमैत्री बनाउने उद्देश्यले उद्योग मन्त्रालयले उपलब्ध गराएको २० थान साइकल आजै प्रदेशका विभिन्न मन्त्रालयलाई वितरण गरिने मन्त्रालयका सचिव किशोरचन्द्र गौतमले बताए ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top