भुलवस श्री ५ को सरकार भनेको भन्दै खानेपानी मन्त्रीले मागे माफी

१७ माघ ७७, आइतबार

१८ माघ, विराटनगर ।
शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा आफुले श्री ५ को सरकार भनेकोमा खानेपानी मन्त्री मणि थापाले क्षमा मागेका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले भुलवस ती शब्द प्रयोग भएको बताएका हुन्। उनले लेखेका छन्, शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नु पर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ।

आम नेपाली नागरिक, मेरो शुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै द्वुविधा नराखिदिनुहुन अनुरोध गर्दछु।

मेरो पुरै राजनीतिक जीवन, क्रान्ति र परिवर्तनमा बिताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु। भुलवस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु।

शनिबार सुर्खेतमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले भनेका थिए, सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आशिन हुनुहुन्छ। र सुर्खेतका आदरणीय जनसमुदायहरू, म सबैलाई नेकपा स्थायी कमिटीको तर्फबाट र श्री ५ को सरकारबाट… ए सरी नेपाल सरकारको तर्फबाट यो कार्यक्रममा म तपाईहरूलाई लालसलाम भन्न चाहन्छु।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलन भइरहेको छ। यही बेला उनको क्याबिनेटका मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सामाजिक सञ्जालमा चर्चा परिचर्चा भएको थियो।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top