सबैको साथ रहँदा–रहँदै सनकको भरमा प्रधानमन्त्रीद्वारा संसद विघटनः अधिवक्ता अधिकारी

१८ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि आइतवार पनि सर्वोच्च अदालतमा बहस जारी छ । प्रतिनिधि सभाको विघटन गैर–संवैधानिक रहेको दाबीसहित परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा यही माघ ४ गतेदेखि नियमित बहस भइरहेको छ ।

Advertisement

अहिलेसम्म प्रतिनिधि सभा विघटन विरुद्धमा परेका रिटमाथि बहस भइरहेको छ, पक्षमा भने बहस हुन बाँकी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको र यो लोकतन्त्रविरोधी काम भएको वरिष्ठ अधिवक्ताहरुले बताउँदै आएका छन् ।

आइतवारको बहसमा अधिवक्ता कीर्तिनाथ पौडेल र खिमानन्द अधिकारीले प्रधानमन्त्रीको दलभित्र समस्या देखियो भन्दैमा प्रतिनिधि सभा नै विघटन गर्नु अत्यन्तै गैर–संवैधानिक कदम भएको बताएका छन् ।

Advertisement

देश नै बर्बादीतर्फ गएको जस्तो गरेर प्रधानमन्त्रीले ताजा जनादेशको जिकिर गरिरहेको भन्दै अधिवक्ता खिमानन्द अधिकारीले प्रधानमन्त्रीलाई संसद, कर्मचारी, नागरिक सबैको साथ रहँदा–रहँदा पनि सनकको भरमा प्रतिनिधि सभा विघटन गरेको दाबी गरे । सरकार बनिसकेको अवस्थामा प्रतिनिधि सभा विघटनको कुरा संविधानमा कल्पना पनि नगरिएकाले यसको पुनस्र्थापनामा हुनैपर्ने अधिवक्ता अधिकारीको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top