१८ माघ, काठमाडौँ ।
नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सोमबार ११ बजे बस्ने भएकाे छ । बैठकमा माघ २८ गते काठमाडौंमा हुन लागेको विरोध प्रदर्शन र अन्य समसामयिक विषयमा छलफल हुने जनाइएकाे छ ।
नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा छ । मुख्यत: त्यसकै विषयमा बैठकमा छलफल हुन सक्ने स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए ।
यसअघि यो समूहको बैठक पुस ७ देखि ९ गतेसम्म बसेको थियो । उक्त बैठकले केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष चयन गरेको थियो ।