भटमासको तेलको निर्यात २९० प्रतिशतले बढ्यो

काठमाडौं : चालू आर्थिक वर्ष (आव)को पहिलो ६ महीनामा भटमासको तेलको निर्यात २९० प्रतिशतले वृद्धि भएको छ । नेपाल व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)का अनुसार यस अवधिमा नेपालबाट रू. १७ अर्बको भटमासको तेल निर्यात भएको छ । अघिल्लो वर्षको यही अवधिमा नेपालले रू. ४ अर्बको भटमासको तेल निर्यात गरेको थियो ।

यस अवधिमा अघिल्लो वर्ष शीर्षस्थानमा रहेको पाम तेलको निर्यात भने २७औं नम्बरमा पुगेको छ । अघिल्लो आवको पहिलो ६ महीनामा रू. १३ अर्ब ८९ करोडको पाम तेल निर्यात भएकोमा चालू आवको सोही अवधिमा रू. ४ लाखको मात्रै निर्यात भएको छ ।

पाम तेलको निर्यात आव २०७५/७६ को शुरूदेखि नै बढ्दै गएको थियो । अघिल्लो वर्ष पुस अन्तिम साता भारतले कुल निर्यातको करीब २४ प्रतिशतसम्म अंश रहेको पामको निर्यातमा भारतले प्रतिबन्ध लगाएको थियो । नेपालका लागि पाम र भटमासको तेलको बजार भारत हो ।

Advertisement

नेपाली व्यवसायीहरूले तेस्रो मुलुकबाट कच्चा पाम आयलको आयात गरी प्रशोधन गरी भारततर्फ निर्यात गर्ने गरेका थिए ।

भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीहरूले पामको सट्टा भटमासको तेलको उद्योगमा भटमासको तेलको उत्पादन गर्न शुरू गरेका हुन् ।

Advertisement

भारतले प्रतिबन्ध लगाउनुअघि वीरगञ्ज र विराटनगर गरी १८ ओटा उद्योगबाट व्यवसायीले ८० प्रतिशतसम्म पाम र बाँकी भटमासको तेल उत्पादन गर्ने गरेका थिए । भारतले प्रतिबन्ध लगाएपछि व्यवसायीले पामको विकल्पको रूपमा भटमासको तेललाई अघि सारेका हुन् ।, यो समाचार आजको आर्थिक अभियान दैनिकमा काशीराम बजगाईंले लेखेका छन् ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top