सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो सिद्धान्त: प्रधानमन्त्री ओली

२० माघ ७७, मंगलबार
Share this
724shares

२० माघ, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने आफ्नो सिद्धान्त भएको बताएका छन्।

प्रोगेशिभ ईन्जिनियरिंग एसोसिएसन नेपालको आयोजनामा साेमबार राजधानीमा भएको बृहत् इन्जिनियर भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा भारतसँगको सम्बन्धमा केही उतारचढाव आउने गरेको भएपनि पछिल्लो समय भारतसङको सम्बन्ध राम्रो बन्दै गएको बताए ।

Advertisement

प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरूसँग समानताको आधारमा सम्बन्ध सुमधुर बनाउँदै जाने सरकारको नीति रहेको पनि स्पष्ट पारे। प्रधानमन्त्री ओलीले विकासलाई तीव्रता दिई अगाडी बढिरहेको आफ्नै पार्टीको सरकारलाई पदका लोभी पार्टीभित्रका केही नेताले अप्ठेरो पार्ने काम गरिरहेपछि जनताको माझमा जाँदा राम्रो हुने भएकाले निर्वाचनमा जाने घोषणा गरिएको बताए।

कार्यक्रममा ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले विकास र समृद्धिको यात्रामा अगाडी बढिरहेको सरकारलाई अङ्कुश लगाउने कार्य पार्टीभित्रबाट गरिएको आरोप लगाउँदै सरकारको विकास र समृद्धिको यात्रामा साथ दिन आफू सरकारमा सहभागी भएको बताएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top