सेनाको हिरासतमा रहेका म्यानमारका क्षेत्रीय मुख्यमन्त्रीहरु रिहा

२० माघ, काठमाडौँ । म्यानमारको सेनाले हिरासतमा लिएको एक दिनपछि मंगलबार क्षेत्रीय तथा स्थानीय राज्यका मुख्यमन्त्रीहरुलाई रिहा गरेको छ ।

म्यानमारको सेनाका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार मंगलबार मुख्यमन्त्रीहरु रिहा भएका हुन् ।

सोमबार म्यानमारको सेनाले सरकार सञ्चालन गर्ने नेताहरु, क्षेत्रीय र राज्यका मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका केन्द्रीय कार्यकारी सदस्यहरुलाई पनि पक्राउ गरेको थियो ।

यस्तोमा मुख्य मन्त्रीहरु र सत्तारुढ पार्टीका संसदीय प्रतिनिधिहरुलाई मंगलबार बिहान हिरासत मुक्त गरिएको सैनिक स्रोतले बताएको समाचारमा उल्लेख छ ।

सोमबार म्यानमारको सेनाले ‘कू’ गर्दै सरकार तथा संसद्का प्रतिनिधिहरुलाई हिरासतमा लिएको थियो । सेनाको यो कार्यको विश्वभर आलोचना भइरहेको छ ।

अन्तर्राष्ट्रिय समुदायले गत नोभेम्बरमा भएको निर्वाचनको सम्मान गर्दै हिरासतमा लिएका सबै नेता तथा सरकार िप्रतिनिधिहरुलाई रिहा गर्न माग गरिरहेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top