दिनभरका प्रमुख खबर

आजका प्रमुख खबरहरुः

१.(विघटनको कारण)
प्रधानमन्त्रीको खुट्टा बाँधिदिएपछि प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको र विघटन संविधानसम्मत भएको महान्यायाधिवक्ता अग्नि खरेलको तर्क/विगतमा प्रतिनिधिसभा विघटनपछि पनि चुनाव नभएको, अरबौँ रुपैयाँ खर्च भएको न्यायाधीश सिन्हाको दाबी ।

२.(धरापमा नियुक्ति)
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको असहमतिका कारण संवैधानिक परिषद्को बैठक स्थगित/ सभामुखले संवैधानिक परिषद्को बैठकको निर्णय फिर्ता पठाएपछि ११ वटा संवैधानिक आयोगहरुमा गर्न खोजिएको ३८ पदाधिकारीको नियुक्ति धरापमा ।

३.(अवहेलनाको पेशी)
नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा परेको अदालतको अवहेलना मुद्दाको आजको पेशी सर्यो /न्यायाधीश मनोज शर्माको इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइएको सर्वोच्च अदालतको भनाई ।

४.(आधिकारिताको खोजी)
नेकपा दाहाल–नेपाल पक्षद्वारा निर्वाचन आयोगमा फेरि पार्टीको आधिकारिकता दाबी/दल विवादको निरुपण नभई कुनैपनि चुनाव सम्पन्न हुन नसक्ने भन्दै दलको विवाद समाधान गर्नु निर्वाचन आयोगको प्राथमिकता रहेको झलनाथ खनालको भनाइ ।

५.(के खिचडी पाक्दैछ ?)
खानेपानी मन्त्री मणिचन्द्र थापाद्वारा नख्खु कारागारमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसंग भेट /वलीसँग कारागार व्यवस्थापन र सुधारका विषयमा मात्रै कुराकानी भएको मन्त्री थापाको दाबी ।

६.(केसीको सरोकार)
२० औं पटक आमरण अनसन बस्ने डा.गोविन्द केसीको घोषणा/संविधानको रक्षा र संवैधानिक निकायहरुमा नियुक्तिका लागि गरिएको सिफारिस रद्द गर्नुपर्ने दुई बुँदे माघ अघि सार्दै फागुन १२ गतेदेखि सत्याग्रह गर्ने ।

७.(आन्दोलनमा मोर्चाबन्दी)
देशलाई गृहयुद्धबाट बचाउन र सरकारको प्रतिगमन कदमविरुद्ध अन्य दलसँग सहकार्य गरेर आन्दोलनमा जान आफूहरू तयार रहेको जसपाका अध्यक्ष डाक्टर बाबुराम भट्टराईको भनाई /देशलाई गम्भीर दुर्घटनाको दिशामा लैजान केपी ओलीको समूह लागेको आरोप ।

८.(कसरी चलाउनु व्यवसाय ?)
सहज ढंगले व्यवसाय गर्ने वातावरण बनाइदिन माग गर्दै कारोना महामारीबाट पीडित विभिन्न पेसा तथा व्यवसायीहरु संघर्षमा उत्रिए/ बैंकको अन्याय अत्याचार बढेको भन्दै मौद्रिक नीति सबैमा समान प्रकारले लागू गर्नुपर्ने माग ।

९.(संक्रमणको अवस्था)
नेपालमा आज थपिए १ सय ७१ कोरोना संक्रमित / आजै २ सय ५९ जना डिस्चार्ज /देशभर हाल सक्रिय संक्रमित २ हजार ४ सय जना रहँदा संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३० पुग्यो ।

१०.(कीर्तिमानी सत्यमोहन)
हुलाक टिकट प्रकाशनको इतिहासमा आफ्नो जीवनकालमै हुलाक टिकट प्रकाशन हुने सामाजिक व्यक्तित्वका रूपमा पहिलो व्यक्ति बने सत्यमोहन जोशी /राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जोशीको तस्बिर अङ्कित हुलाक टिकटको आवरणमा टाँचा प्रदान ।

११.(विद्युतमा नियमन)
नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत् चुहावट नियन्त्रण र सेवा प्रवाहमा सुधार ल्याउन वितरण केन्द्र प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्न सुरु/कार्यसम्पादनको हरेक चार,चार महिनामा मूल्याङ्कन गरी पुरस्कार र दण्ड दिने व्यवस्था ।

१२.(औचित्यहीन विरोध)
कमल पोखरी निर्माण कार्य गुरुयोजना अनुरुप नै भएकोले बिरोध गर्नुपर्ने कारण नभएको काठमाडौँ महानगरपालिकाको भनाई /पोखरीको जग्गामा अनाधिकृत बनाइएको स्पोर्टस् क्लव र राधेराधेको भवन हटाइएको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको दाबी ।

१३.(ओलीको खेल मन्त्र)
अन्तराष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी छनौट गर्दा पक्षधरता बिना छनौट गर्न राष्ट्रिय खेलकुद परिषद्लाई प्रधानमन्त्री ओलीको सुझाव/नेपाल कहिले पनि नहारेको देश रहेकाले खेल पनि जीतका लागि खेल्न आग्रह ।

१४.(वालिङ निराश)
राष्ट्रिय महिला लिगमा आज स्याङ्जाको वालिङ नगरपालिकाले चन्द्रपुर नगरपालिकालाई ३–० ले हरायो /जितसँगै वालिङ ६ खेलमा आठ अंक जोडेर चौथो स्थानमा रहँदा पाँच हार ब्यहोरेको चन्द्रपुर ३ अंकसहित छैटौँ स्थानमा ।

र,

१५.(विश्वमा आज)
सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने अमेरिकाको तयारी/म्यानमारमा प्रतिबन्ध लगाउने चेतावनी/ अमेरिकामा अत्याधिक हिमपात/चीनमा कोरोनाभाइरसको नक्कली खोप बनाउने ८० जना पक्राउ /कोरोनाका कारण जापानमा संकटकाल लम्ब्याउने तयारी ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top