निर्वाचन आयोगले गर्याे अर्थमन्त्रीसँग छलफल

२० माघ ७७, मंगलबार

२० माघ, काठमाडौँ ।

Advertisement

निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायतका विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज छलफल गरेको छ ।

त्यस अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवम् सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकोले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगबाट भइरहेको तयारी सकारात्मक रहेको बताए।

Advertisement

उनले स्वच्छ, विश्वसनीय एवम् मितव्ययी निर्वाचनका लागि बजेटको कुनै अभाव नहुने र नेपाल सरकारको नीति अनुसार वैदेशिक सहायताका सन्दर्भमा समेत अर्थ मन्त्रालयबाट पूर्ण सहयोग हुने उल्लेख गरे ।

छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचनका लागि आयोगबाट भइरहेका व्यवस्थापकीय कार्यहरूको बारेमा जानकारी गराएका  थिए।

Advertisement

प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्धारित मितिमा नै निर्वाचन सम्पन्न गर्न गराउन एवम् विगतका निर्वाचनका तुलनामा मितव्ययी रूपमा खर्च गर्न र लागत प्रभावकारी रूपमा निर्वाचन सम्पन्न गर्न आयोग प्रतिबद्ध रहेको बताए ।

उनले आगामी निर्वाचनमा कोरोना भाइरसको सङ्क्रमणलाई समेत मध्यनजर गरी सबै किसिमका निर्वाचन सम्बन्धी गतिविधिहरू सञ्चालन गर्नुपर्ने भएकोले विगतको निर्वाचनका तुलनामा बजेट व्यवस्थापनमा नयाँ र थप दबाब सिर्जना भएको जानकारी गराए।

छलफलमा निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौड्यालले आयोगबाट तयार गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचन आर्थिक सञ्चालन कार्यविधि, २०७७ छिट्टै स्वीकृत हुने जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top