सरकारले फागुनदेखि कहाँको जमिनमा के उत्पादन हुन्छ भन्ने सफ्टवेयर ल्याउने

२० माघ, काठमाडाैँ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी छन् । मंगलबार नेपाल चेम्बर अफ कर्मर्सको आयोजनामा भएको नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मन्त्री अर्यालले अघिल्ला सरकारको पालामा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखिएको भएपनि यस सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताएकी हुन् । सरकारले कृषिको व्यवसायिकरण, औद्योगिकरण, यान्त्रिकरण र बजारीकरणलाई व्यवस्थित गर्नको निम्ति आवश्यक कानुन निर्माण गरेको उनको भनाई छ ।

सरकारले नीति निर्माणको साथसाथै कार्यक्रम पनि अघि सारेको उनले बताइन् । किसानलाई उत्साहित बनाउन विभिन्न नामका कृषिको परियोजना अघि सारेको तथा पशु क्षेत्रमा लागेका किसानहरुलाई उत्साहित बनाउन कृषि फर्महरुको सुरुवात भएको उनको भनाई छ । मन्त्री अर्यालले कृषिको व्यवसायिकताको निम्ति जग्गामा हदबन्दी नलगाउने कानुन आफु भुमि मन्त्रालयमा हुँदा नै बनाएको पनि जानकारी दिइन् । उनले सरकारले मात्रै मुलुकको विकास गर्न सम्भव नभएको भन्दै कृषि क्षेत्रमा नीजि क्षेत्रसँग पनि सहकार्य गरिने बताइन् ।

Advertisement

मन्त्री अर्यालले परम्परावादी र निर्वाहमुखि उत्पादन गरेर मात्रै नहुने भन्दै व्यवसायिक उत्पादनका निम्ति कहाँको जमिनमा के उत्पादन हुन्छ कम्युटरबाटै पत्ता लगाउनसक्ने सफ्टवेयर विकास गरेर फागुनको पहिलो हप्ता उद्घाटन हुनेपनि बताइन् ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top