×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्व पश्चिम रेलमार्ग अन्तर्गत मकवानपुरका खोला क्षेत्रको डिपिआर सर्वे हुँदै

२१ माघ २०७७

२१ माघ, मकवानपुर ।

पूर्व पश्चिम रेल मार्ग अन्तरगत मकवानपुर जिल्लामा पर्ने खोला तथा निकुञ्ज क्षेत्रमा सर्वेक्षणको काम भइरहेको छ । मकवानपुरको चुरीयामाईदेखि लोथरसम्म निर्माण हुने करिब ४० किलो मिटर लामो रेल्वे ट्र्याक अन्तरगत मकवानपुरको खोला क्षेत्रमा डिपिआर सर्वेक्षणको काम भइरहेको हो ।

Advertisement
Advertisement

चितवनको गैँडाकोटबाट सुरु गरेर सर्वे टोलीले अहिले मकवानपुरको मनहरी गाउँपालिका स्थित खोला क्षेत्रमा सर्वेक्षणको काम गरिरहेको छ । सर्वेक्षणको जिम्मा पाएको एमबीसी कन्सल्टेन्सी प्रालीका साइड इन्जिनियर अनिल केसीका अनुसार निजगढ–गैँडाकोट खण्डको डिपिआर सर्वेक्षण अन्तिम चरणमा पुगेको छ ।

रेल मार्ग अन्तरगत निजगढ–गैँडाकोट खण्डको १३६ किलो मिटर क्षेत्रमध्ये नदी र निकुञ्ज क्षेत्रको ५ देखि ७ किलोमिटर क्षेत्र बाहेकको डिपिआर सर्वेक्षणको काम सम्पन्न भएको उनले जानकारी दिए ।

अन्य क्षेत्रको डिपिआर सम्पन्न गरेर अहिले खोला क्षेत्रमा डिपिआर भइरहेको बताउँदै उनले निकुञ्ज क्षेत्रमा सर्वेका लागि पत्राचार भएको र निकुञ्ज विभागबाट पत्र प्राप्त भएपछि सो क्षेत्रमा पनि सर्वेको काम सुरु हुने बताए । डिपिआर सर्वेक्षणका लागि १२ जनाको टोलीले काम गरिरहेको उनले जानकारी दिए ।

इन्जिनियर केसीका अनुसार निजगढ–गैँडाकोट खण्डमध्ये मकवानपुरको चुरीयामाई–हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर ९ र १४ को सिमाना, हेटौँडा सिमेन्टको पछाडिको क्षेत्र कुखरेनी खोलाको पश्चिमी किनार, वडा नम्बर १२ स्थित रापती खोलाको दक्षिणी क्षेत्र हुँदै मनहरी गाउँपालिकाको रजैया हुँदै लोथरसम्म पुग्ने बताए । चुरीयामाई देखि मकवानपुर क्षेत्र पर्ने र सो को लम्बाई ४० किलो मिटर रहेको उनले बताए ।

करिब एक हजार किलोमिटरको पूर्व–पश्चिम रेलमार्गअन्तर्गत मेचीदेखि बुटवलसम्मको ५ सय ३९ किलोमिटरको डिपिआर तयार भइसकेको छ । भने, बर्दिबास–सिमरा रेलमार्ग अढाइ वर्षभित्र सञ्चालनमा ल्याउने र बर्दिबासदेखि लाल बन्दीसम्मको निर्माण कार्य समेत सुरु भइसकेको छ ।

Advertisement

तर, सिमरा–तन्सरिया खण्डमा चितवन राष्ट्रिय निकुञ्ज पर्ने हुनाले त्यसको विकल्प स्वरूप निजगढ–हेटौँडा–भरतपुर–तन्सरिया रुटको विकल्प अध्ययन भइरहेको हो । यसअघि पूर्व–पश्चिम रेलमार्गको कुल लम्बाइ ९ सय ४५ किलोमिटर अनुमान गरिएकोमा रुट परिवर्तन हुनाले लम्बाई एक हजार किलोमिटर हुने भएको हो ।

भर्खरको समाचार

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

ट्रम्पले फेरि अस्वीकार गरे इरानको शान्ति प्रस्ताव, वार्ता अनिश्चिततामा

trump

अमेरीका, भारत र चीनको हेपाहा प्रवृत्ति बढ्दो

americachinawar1_20211222151231_NBqGAkGsuo

नयाँ दलहरू स्थानीय तह निर्वाचनको तयारीमा जुट्दा पुराना दलहरू आन्तरिक कलहमा

harka-sampang-samsad (1)

नेपालको लिपुलेकमा भारत र चीनको रजाइँ, खुल्यो कैलाश यात्रा

kailash-mansarobar

अध्यादेशको चक्रव्युहःबालेनको ’एक्सन’ मा राष्ट्रपति सहयोगी कि बाधक ?

42412c11-68f9-4814-ade7-2710d505dd4c

आङ सान सूची : रिहाइ कि नाटक? सेनाको ’खतरनाक’ चाल

b01787d0-8840-11ed-90a7-556e529f9f89.jpg

अतिक्रमित बस्तीमा चल्यो डोजर,आज बल्खुदेखि रानीबारीसम्म खाली गरिने

685403546_967090872577597_87520653493044219_n

साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, त्यो “ज्ञ“ ज्ञान होः बालेन

686355192_967005455919472_4354644016497496881_n

सम्बन्धित खबरहरु

Scroll to Top