वाग्मती प्रदेश लोकसेवाः ९० हजारले परीक्षा दिँदै, कर्मचारी अभावका कारण व्यवस्थापनमा कठिनाइ

२१ माघ, मकवानपुर । वाग्मती प्रदेशको प्रदेश लोकसेवा आयोगले चौथो तह र पाँचौ तहका लागि कर्मचारी माग गरिएको विज्ञापनमा ९० हजारले परीक्षा दिँदैछन् ।

वाग्मती प्रदेशका १३ जिल्ला र अरु प्रदेशबाट समेत परीक्षार्थीले परीक्षा दिनका लागि आवेदन दिएका छन् । प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा चौथो तहमा मात्र समावेशी सहित ६२ हजार जनाले आवेदन दिएका थिए । त्यसमध्येमा ४० हजार जनाले परीक्षा दिँदैछन् । यस्तै पाँचौ तहमा पनि ५० हजार जनाले परीक्षा दिँदैछन् ।

चौथो तहको केहीको परीक्षा सकिएको छ भने केहीको परीक्षा हुँदै छ । चौथो तहको परीक्षामा प्रवेशपत्र लिनका लागि हेटौंडाको प्रदेश लोकसेवा कार्यालयमा एक हप्तादेखि निकै भिड लागेको छ ।

चौथो तहको परीक्षामा अनलाइन सिस्टम नहुँदा प्रवेशपत्र लिन लोकसेवा आयोगको कार्यालयमै आउनुपर्दा धेरैले समस्या बेहोर्नु परेको छ । हेटौंडामा कोठा नपाउने, पाइहाले पनि होटलवालाले महँगोमा दिने लगायतका कारणबाट विद्यार्थीले समस्या बेहोर्नुपरेको छ ।

कर्मचारी अभावका कारण व्यवस्थापन गर्न कठिनाइ
कर्मचारी अभावका कारण काम गर्न निकै कठिनाइ भएको प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले बताए । प्रदेश लोकसेवा आयोगको हेटौंडामा रहेको कार्यालयमा ४९ जना कर्मचारीको दरबन्दीमा १२ जना मात्र कार्यरत छन् । प्रदेश सरकारसँग कर्मचारी माग गर्दा पनि सुनुवाइ नभएको आयोगका पदाधिकारीहरु बताउँछन् ।

चौथो र पाँचौ तहको परीक्षा सञ्चालन गर्नका लागि कर्मचारी अभावकै कारण निकै कठिनाइ बेहोर्नु परेको छ । कर्मचारी अभावकै कारण काम गर्न नभ्याएर तोकिएको परीक्षा समेत सरेको छ । यही माघ २८ र २९ गतेका लागि तोकिएको अनमी र अहेबको परीक्षा फागुन १५ गते र १८ गतेका लागि सारीएको अध्यक्ष श्रेष्ठले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top