म्यानमारमा सैन्य कूः चीनको अवरोधपछि राष्ट्रसङ्घले निकाल्न लागेको वक्तव्य रोकियो

२१ माघ, एजेन्सी । म्यानमारमा भएको सैन्य ’कू’ को निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले निकाल्न लागेको वक्तव्य चीनले रोकिदिएको छ ।

राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठकमा चीनको समर्थन नभएपछि संयुक्त वक्तव्य निकाल्न असफल भएको बीबीसीले जनाएको छ ।

म्यानमारको सेनाले सोमवार आङ साङ सू ची र अन्य नेताहरूलाई पक्राउ गरि शासन सत्ता कब्जा गरेको थियो ।

Advertisement

म्यानमारका लागि राष्ट्र सङ्घकी विशेष दूत क्रिस्टिना सार्नरले सेनाको कदमको निन्दा गर्दै प्रजातन्त्रप्रति समर्थन रहेको स्पष्ट सन्देश दिन सुरक्षा परिषद्लाई आह्वान गरेपछि राष्ट्र सङ्घको सुरक्षा परिषद्को बैठक बसेको हो ।

सुरक्षा परिषदको स्थायी सदस्यका रूपमा चीनसँग भिटो शक्ति रहेकाले संयुक्त वक्तव्यका लागि चीनको सहमति चाहिन्छ ।

Advertisement

चीनले म्यानमारमा प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबले अवस्था झनै बिग्रने बताएको खबरमा उल्लेख छ । सेनाको कदमविरुद्ध म्यानमारमा पनि प्रदर्शनहरू भएका छन् तर सुरक्षा व्यवस्था अति नै कडा भएकाले अवस्था सेनाको पूर्ण नियन्त्रणमा रहेको बताइएको छ ।

गएको नोभेम्बर ८ मा भएको चुनावमा सू चीको पार्टी अत्यधिक बहुमत ल्याएर विजयी भएको थियो । तर चुनावमा धाँधली भएको आरोप लगाएको सेनाले निर्वाचित सांसदको पहिलो बैठक बोलाइएकै दिन बिहानै सत्ता कब्जा गरेको हो ।

Advertisement

भर्खरको समाचार

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

सम्बन्धित समाचार

Scroll to Top