नेकपा नेता पुरीसहित ६ जनाविरुद्ध सरकारी जग्गा खाइमासेको अभियोगमा मुद्दा दर्ता

२१ माघ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता रेवतराज पुरी ‘गगन’सहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको मुद्दा दर्ता भएको छ ।

दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बुझाएको प्रतिवेदनका आधारमा विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

मुद्दामा नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको छ ।

सरकारी जग्गा हडपेर पुरीले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ र श्रीमती केशावती पनि सोही बराबरको अकुत सम्पत्ति आर्जन गरेको निष्कर्ष विभागले निकालेको छ । त्यस्तै, आफन्त मनमायाविरुद्ध ९९ लाख ४ हजार ७५०.२२ र देवकुमारीविरुद्ध ४६ लाख २४ हजार ८४२.२२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको निष्कर्ष निकाल्दै मुद्दा दायर गरिएको छ ।

संगीता र कृष्णकुमारीको हकमा बिर्तामोडमा रहेको ७ रोपनी १ आना जग्गा जफत गर्नुपर्ने भनिएको छ । संगीता र कृष्णकुमारीको नाममा जग्गा भए पनि वास्तविक धनी रेवतराज भएको विभागको अनुसन्धानले देखाएको छ । पुरीको नाममा जग्गा पार्न सहयोग गर्ने अन्यविरुद्ध पनि विभागले अनुसन्धान जारी राखेको स्रोतले बताएको छ ।

यसअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा पुरीले राजनीतिक पृष्ठभूमिको फाइदा उठाउँदै सरकारी कागजात कीर्ते गरेर दमकस्थित बालुवाटारको २४ बिगाहा जग्गा हत्याएको पाइएको थियो ।

प्रहरीले चलाएको कीर्ते मुद्दामा अदालतबाट ७ चैत २०७६ मा धरौटी तिरेर उनी छुटेका थिए । यद्यपि, प्रहरीले उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा पनि अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।

विभागले ९ मंसिरमा उनलाई पक्राउ गरेर अुकत सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान थालेको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top