प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेः प्रचण्ड

२१ माघ, काठमाडौँ ।

Advertisement

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्नेगरी विशेष प्रदेश कमिटी बनाउने बताएका छन् । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बर्हिगमित तथा स्वेच्छिक अवकासमा परेका पूर्व जनमुक्ति सेनाहरुलाई पार्टीमा समायोजन गर्ने गरी विशेष प्रदेश कमिटी बनाउने बताएका हुन् ।

उनले जनमुक्ति सेनाका सबै तहका कमाण्डरलाई पार्टीमा सम्मानजनक रुपमा समायोजन गर्ने नीतिगत निर्णय आफुले गरेको भएपनि तल्लो तहसम्म उचित जिम्मेवारी पाए नपाएको फलोअप नगरेर गल्ती गरिएको भन्दै आत्मआलोचना समेत गरे । अध्यक्ष प्रचण्डले जनमुक्ति सेनाको सम्मानमा जनयुद्दका कमाण्डरहरुलाई उपराष्ट्रपति, सभामुख तथा मन्त्री बनाएको पनि स्मरण गराए ।

Advertisement

अध्यक्ष प्रचण्डले आफु पहिलो पल्ट प्रधानमन्त्री हुँदा जनयुद्धमा ज्यान गुमाउनेलाई राष्ट्रिय सहिद घोषणा गर्ने र जनमुक्ति सेनालाई परिचयपत्र साथ सम्मान गर्ने पहिलो निर्णय गरिएको भएपनि उक्त निर्णय लुकाईएको बताए । उनले जनयुद्धको घाइतेहरुलाई उपचार खर्च बढाउन, जनजिविकाका लागि राहत दिलाउन सरकारसँग पटक–पटक आग्रह गरेपनि अस्वीकार गरेको पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले जनमुक्ति सेनालाई खरिद गर्न खोजेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे ।

Advertisement

अध्यक्ष प्रचण्डले सबै बर्हिगमित जनमुक्ति सेनालाई एकैठाउँमा ल्याउनुपर्ने धारणा राखे । केही महिनाभित्रै प्रतिगमनविरुद्दको आन्दोलन जित्ने र जितपछि जनमुक्ति सेनाको भावना र आवश्यकता पूरा गर्ने भएकाले नआत्तिन आग्रह समेत गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top