भोलिको आमहड्तालमा के-के चल्छन् ?

भोलिको आमहड्तालमा के-के चल्छन् ?

२१ माघ, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सरकारले असंबैधानिक र गैरकानूनी रुपमा संबैधानिक निकायका पदाधिकारी नियुक्तिको विरोधमा विहिबार देशव्यापी आमहड्ताल आव्हान गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा बुधबार पत्रकार सम्मेलन गरि प्रचण्ड–माधव समूहले सरकारको असंबैधानिक कदम विरुद्ध आमहड्ताल आव्हान गर्नुपरेको जनाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान र लोकतन्त्रको रक्षाका लागि बाध्य भएर आफुहरुले आमहड्ताल आव्हान गर्नुपरेको बताए । सरकारको प्रतिगमनकारी कदम विरुद्ध आन्दोलनरत रहेकै बेला असंबैधानिक र गैरकानूनी ढंगले संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अघि बढाएपछि जनतालाई असहज हुने कार्य गर्न आफुहरु बाध्य भएको उनले स्पष्ट पारे ।

उनले भने “सरकारको प्रतिगमनकारी कदम विरुद्ध संविधान र लोकतन्त्रको रक्षाका लागि शान्तिपुर्ण आन्दोलनरत रहेकै बेला असंबैधानिक ढंगले, गैरकानूनी ढंगले लोकतान्त्रिक मुल्य मान्यता र नजिरहरुलाई पूरै उपेक्षा गरेर संबैधानिक परिषद्का पदाधिकारी र सदस्यलाई नियुक्त गर्ने प्रक्रिया अगाडि बढाएपछि हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ” प्रवक्ता श्रेष्ठले आमहड्तालबाट सर्वसाधरणमा पर्ने समस्याप्रति पार्टीको तर्फबाट क्षमायाचना पनि गरे । उनले आमहड्ताल र आगामी आन्दोलन पनि शान्तिपूर्ण हुने प्रतिवद्धता जनाए । उनले भने “हामीले शान्तिपूर्ण आन्दोलन नै अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका छौ । अबको आन्दोलन पनि शान्तिपूर्ण नै हुन्छ । तर अहिले हामीले आमहड्ताल कार्यक्रम बाध्यात्मक रुपमा आव्हान गरेका हौ । ”

पत्रकार सम्मेलनमा विप्लब समूहसंग सरकारले अघि बढाएको वार्ताका सम्बन्धमा राखिएको जिज्ञासामा उनले पार्टीले त्यसलाई इमान्दार पहलकदमीको रुपमा नलिएको प्रतिक्रिया दिए । उनले भने “हामी विप्लबसंग वार्ता गर्ने, शान्तिपूर्ण रुपमा राजनीतिक समस्याको समाधान गर्ने प्रक्रिया कहीँ कतैबाट हुन्छ भने त्यसलाई सधै स्वागत गछौ । सकारात्मक रुपमा लिन्छौ । तर यो नाटक हो । यो कुनै सुनियोजित पूर्वक सदासयतापुर्वक गरेको इमान्दार पहलकदमी होइन भन्ने हाम्रो ठहर छ । ”

कार्यक्रममा देशव्यापी आमहड्ताल बारे नेतृ पम्फा भुसालले जानकारी गराएकी थिइन् । उनले आमहड्तालमा अस्पताल, एम्बुलेन्स, पानी, दुध, औषधी लगायत अत्यावश्यक सेवाहरु सुचारु हुने स्पष्ट पारिन् । यसअघि २२ गते का लागि तय भएको युवा र्याली कार्यक्रम माघ २८ गते पछि गर्ने जानकारी पत्रकार सम्मेलनमा गराईएको थियो । बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक निकायका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ गराएपछि प्रचण्ड माधव समूहले त्यसको विरोधमा आमहड्ताल आव्हान गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.