‘लीलाध्वज साहित्य सम्मान’ ताना शर्मालाई

२३ जेठ ७५, बुधबार
Share this
744shares

काठमाडौँ,  जेठ २३

Advertisement

लीलाध्वज थापा स्मृति प्रतिष्ठानले यस वर्षको ‘लीलाध्वज साहित्य सम्मान’ वरिष्ठ साहित्यकार तारानाथ शर्मालाई प्रदान गर्ने भएको छ ।

नेपाली भाषा तथा अंग्रेजी साहित्यको विकासमा योगदान पु¥याएबापत शर्मालाई उक्त सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले जानकारी दिए ।

Advertisement

सो पुरस्कारको राशि रु २५ हजार र ताम्रपत्र छ भने आगामी असार १५ गते सो सम्मान प्रदान गरिनेछ ।

नेपाली साहित्यमा नियात्रामा राम्रो वर्णन गर्ने शर्मा वरिष्ठ नियात्राकारका रुपमा स्थापित हुन्। उनी अंग्रेजी विषयका प्राध्यापकसमेत हुन् ।

Advertisement

विसं १९७८ मा जन्मनुभएका लीलाध्वज थापाले विसं २०१४ मा मन उपन्यासबाट मदन पुरस्कार प्राप्त गरेका थिए ।

उनका ‘शान्ति, पूर्व स्मृति, अमर माया नाटक, ‘दारी’ निबन्ध चर्चित छन् । विसं २०४१ मा थापाको निधन भएपछि उनको स्मृतिमा स्थापना भएको प्रतिष्ठानले साहित्यिक गतिविधि तथा स्रष्टालाई सम्मान गर्दै आएको छ ।

सोही सम्मानबाट गत वर्ष वाङ्मय शताब्दी पुरस्कार सत्यमोहन जोशी सम्मानित भएका थिए ।
रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top