काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट ७७ जना नेता/कार्यकर्ताहरु पक्राउ

२२ माघ, काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट ७७ जना नेता तथा कार्यकर्ताहरु पक्राउ परेका छन् ।

Advertisement

भक्तपुरमा एक जना र काठमाडौँका विभिन्न ठाउँबाट ७६ जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।

अनुसन्धानपछि उनलाई रिहा गरेको प्रहरीले जनाएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका धेरै ठाउँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Advertisement

हिजोअस्तिको तुलनामा आज कम गाडी तथा सवारी साधनहरु चलेका छन् । सरकारले ढुक्क भएर गाडी र बजार पसल खोल्न आग्रह गरेको छ । बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top