मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

मोरङको उर्लाबारीबाट १८५ राउण्ड गोली बरामद

२२ माघ, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–१ लक्ष्मीझारमा १ सय ८५ राउण्ड गोली भेटिएको छ । जमिनमुनि गाडिएको अवस्थामा एसएलआर राइफलमा प्रयोग हुने ७.६२ एमएमको गोली बरामद भएको हो ।

स्थानीय दलबहादुर लिम्बूको घरनजिक खेतमा कालो प्लास्टिकमा गाडेको अवस्थामा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए ।

उनका अनुसार स्थानीय ५३ वर्षीय भक्तबहादुर सुवेदीले खेत खन्ने क्रममा कालो रंगको प्लाष्टिकभित्र पोको पारेर माटो मुनि गाडेको अवस्थामा गोली भेटेका थिए ।

गोली द्वन्द्वका समयमा माओवादीका कार्यकर्ताले गाडेको हुनसक्ने प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.