×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

सुर्खेतमा नयाँ विमानस्थलको अध्ययन

२३ जेष्ठ २०७५

सुर्खेत, जेठ २३
कर्णाली प्रदेशको सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित न्याउलीचौरमा निर्माण गरिने अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन गरेको परामर्शदाता कम्पनी इ टु सर्भिसेज–टिएइसी–ए–नट जेभीका प्राविधिक सुरज कोइरालाले रु सात अर्ब ४१ करोड लागत लाग्ने बताए ।

Advertisement
Advertisement

मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित कर्णाली प्रदेश सरकारका मन्त्रीले गरेको स्थलगत अनुगमनको क्रममा जभीका प्राविधिक कोइरालाले यो कुरा सार्वजनिक गरे ।

उनले पूर्व–पश्चिम चार किलोमिटर लम्बाइ र उत्तर–दक्षिण एक किलोमिटर चौडाइ भएको विमानस्थलको कूल क्षेत्रफल ३६ हजार रोपनी रहेको बताए । प्राविधिक कोइरालाका अनुसार सम्भाव्यता अध्ययनको प्रतिवेदनका आधारमा अब डिपिआर बन्नेछ ।

हवाई तथा स्थलगत अनुगमनमा न्याउलीचौर पुग्नुभएका पर्यटन मन्त्री अधिकारीले पिछडिएको साथै पर्यटनको अथाह सम्भावना भएको कर्णाली प्रदेशको विमानस्थल निर्माण कार्यलाई सरकारले प्राथमिकतामा राखेको बताए। मन्त्री अधिकारीले भने, “यसको डिपिआर तयार गरेर अब चाँडै शिलान्यास पनि गर्छौं ।”

काठमाडौँबाहेकका बाहिरी जिल्लाबाट पनि छिमेकी देशमा हवाई सेवा सञ्चालन गर्ने दौडानको क्रममा प्रथमतः कर्णालीको सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउनतर्फ बढी जोड दिने मन्त्री अधिकारीको भनाइ थियो । काठमाडौँ नभई सोझै यहीबाट छिमेकी मुलुकमा जान सक्ने स्थिति सिर्जना गरी कर्णाली प्रदेशका नागरिकलाई न्याय दिलाउने उनले बताए ।

विमानस्थलको राष्ट्रिय योजना निर्माणको तयारीमा रहेको बताएका उनले हाल सुचारु सुर्खेत विमास्थलको विकल्प आवश्यक रहेको बताए । कर्णालीका पर्यटकीय क्षेत्रहरु मुगु–रारा, मानसरोवर, शे–फुक्सुण्डो, छायाँनाथ पुग्ने सयौँ यात्रीको लागि पनि हिमाली जिल्लामा ठूलो जहाज बस्ने विमानस्थल खोज्ने तयारी भइरहेको उनले बताए।

प्रदेशले आफ्नै कानूनमार्फत पर्यटन बोर्ड स्थापना गर्न सुझाउँदै उनले राराको समग्र गुरुयोजना आवश्यक रहेको औँल्याए । उनले भने, “कर्णालीका हुम्ला र डोल्पाका जनताको लागि हवाई मार्ग एकमा विकल्प हो, त्यसका लागि काठमाडौँका सबै एयरलायन्सलाई तल स्टेशन बनाउन अनुरोध गरिएको छ ।” उनका अनुसार सुर्खेतको काँक्रेविहार क्षेत्रको निर्माण कार्यमा जोड दिइनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम प्राविधिक दृष्टिकोणले सुर्खेत उपत्यकाभित्र विमानस्थल बन्न नसक्ने अवस्था भएपछि उपत्यका बाहिर हेर्नुपरेको बताए । “सुर्खेत विमानस्थलको धावनमार्ग एक हजार २५० छ, तर अहिले बनाउन थालिएको विमानस्थलको धावनमार्ग दुई हजार ६५० मिटरसम्मको हो । यसमा ठूला विमान उडाउन सकिन्छ,” उनले भने ।

पूर्व संस्कृति तथा पर्यटनमन्त्रीद्वय यामलाल कँडेल र जीवनबहादुर शाहीले अन्तर्राष्ट्रियस्तरको नभई अन्तर्राष्ट्रिय मापदण्डको विमानस्थल निर्माण गर्न आग्रह गरे । प्राविधिक दृष्टिकोणले उपयुक्त ठाउँलाई छनोट गर्न सुझाउँदै मन्त्रीद्वयले सुर्खेतमा विमानको रात्रिबास गर्ने प्रबन्ध मिलाउन पर्यटन मन्त्रीलाई अनुरोध गरेका थिए ।

Advertisement
Advertisement

प्राधिकरणले गुगल नक्सांकनबाट सुर्खेत उपत्यकाभित्रको उत्तरगंगा, उपत्यका बाहिरको भेरीगंगा नगरपालिकाको रामघाटस्थित न्याउलीचौर र मदानेचौर छनोट गरेको थियो । तिनलाई पुनः नक्सांकन गर्ने प्राधिकरणले जनाएको छ । हाल कर्णालीमा आठवटा विमानस्थल सञ्चालन रहेको जनाइएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top