ओलीको अधिनायकवादी कदमका कारण आमहड्ताल गर्न बाध्य : माधव नेपाल

२२ माघ, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको एकपछि अर्को अधिनायकवादी कदमका कारण आफूहरु आन्दोलनमा उत्रिन वाध्य हुनुपरेको बताएका छन् । आमहड्ताल सफल पार्न बिहीबार सडकमा निस्किएका नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको बताएका हुन् ।

ओलीले संविधान, लोकतान्त्रिक गणतन्त्र र नेपाली जनताले ठूलो बलिदानीका साथ प्राप्त गरेको उपलब्धीहरुमाथि लगातार प्रहार गरेका कारण संविधान रक्षाका लागि पनि आमहड्ताल जस्तो कठोर आन्दोलनमा उत्रिन आफूहरु वाध्य भएको उनले बताए । ‘अहिलेका कामचलाउ प्रधानमन्त्री केपी ओली संविधान मिच्दै मिच्दै अघि बढ्नु भएको छ । एकपछि अर्को अधिनायकवादी चरित्र देखा पर्न थालेको छ’, उनले भने ।

अध्यक्ष नेपालले संवैधानिक आयोगका पदाधिकारीहरुको जबरजस्ती शपथ गराइएको बताएका छन् । उनले संवैधानिक आयोगमा गरिएको नियुक्ति प्रक्रिया नै गलत रहेको दाबी गरे । ओली सुध्रिने व्यक्ति नरहेको बताउँदै उनमा गणतन्त्र, संघीयता, समावेशितामा अपनत्व बोधको भावना नरहेको नेपालको भनाइ थियो ।

Advertisement

‘संवैधानिक परिषद्ले गरेको नियुक्ति प्रक्रिया नै गलत छ । सभामुखले प्रक्रिया पुगेको छैन भनेर फिर्ता पठाई दिनुभयो । नियुक्तिको वैधता पुगेको छैन । जबरजस्ती शपथ गरियो । कामचलाउ सरकारले एकातिर चुनावको घोषणा गरेको भन्छ, अर्कोतिर भूमि आयोगमा धमाधम नियुक्ति गर्छ । उनको अधिनायकवादको विरुद्धमा जनतालाई हामीले विरोध जनाउनुस् भनेर आमहड्ताल आह्वान गरेका हौं । जनतालाई कष्ट पक्कै पनि भएको छ ।’ उनले भने ।

Advertisement

भर्खरको समाचार

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

सम्बन्धित समाचार

Scroll to Top