आमहड्ताल विरुद्ध विराटनगरमा प्रतिकार र्याली-‘बन्द सधैँका लागि बन्द गरौँ’

२२ माघ ७७, शुक्रबार

२२ माघ, विराटनगर।
नेकपाको प्रचण्ड– माधव समूहले आह्वान गरेको आमहड्तालको विरुद्धमा विराटनगरमा प्रतिकार र्याली निकालिएको छ । बन्द सँधैका लागि बन्द गर्नुपर्ने भन्दै विराटनगरका स्थानीय नेता, विद्यार्थी, व्यवसायी तथा आम सर्वसाधारणले आमहड्तालको प्रतिकार गरेका हुन् ।

कसैको स्वार्थका लागि गरिएको बन्द अब सर्वसाधारणले सहन नसक्ने उनीहरुको भनाई छ । लोकतन्त्रमा विरोध गर्न पाइने भएपनि बन्दको विकल्प खोज्नुपर्ने उनीहरुको माग छ । कोभिडका कारण भर्खरै खुल्न थालेका व्यापार– व्यावसाय, विद्यालय क्षेत्रहरु कसैको स्वार्थका लागि फेरि बन्द गर्दा आम सर्वसाधारणमा नैराश्यता उत्पन्न भएको विद्यार्थी नेता भाष्कर खनालले बताए । प्रदर्शनमा सहभागीले बन्द सँधैका लागि बन्द गरौँ, नेपाल खुल्ला छ, गरिखान देऊ लगायतका नारा लगाएका थिए ।

Advertisement

प्रदर्शनमा मेहन्द्र मोरङ क्याम्पस, स्नात्तकोत्तर क्याम्पस, पूर्वाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुको बाहुल्यता थियो । बिहीबार नेकपा प्रचण्ड–नेपाल समूहले गरेको आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले बन्दका क्रममा विराटनगरमा तीन वटा सवारी साधनमा तोडफोड गरेका छन् । यस्तै शनिहाटस्थित एक चियापसलमा समेत तोडफोड गरेका छन् । तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top