आमहड्ताल नगरी वार्ताबाट समाधान खोज्न मानव अधिकार आयोगको आग्रह

२३ माघ, काठमाडाैँ ।

राष्ट्रिय मानव अधिकार आयोगले आमहड्ताल जस्तो विरोधको कार्यक्रमले आम नागरिकको मानव अधिकारको उपभोगमा बाधा पर्ने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा मानव अधिकारको संरक्षण गर्नका लागि समस्याको समाधान वार्ता र संवादबाट समाधान खोज्न आमहड्ताल आह्वानकर्तालाई आग्रह गरिएको छ ।

“कुनै पनि बहानामा नागरिकको मौलिक हक तथा स्वतन्त्रताको हरण गर्ने कार्य नगर्न तथा सभासम्मेलन गर्ने र आफ्नो विचार राख्ने नागरिकको अधिकारको सम्मान गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण गराउँदछ”, विज्ञप्तिमा भनिएको छ ।

नागरिकबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट पक्राउ गरिनु, अधिक बल प्रयोग गरी घाइते बनाइनु तथा आमहड्ताल आह्वानकर्ताबाट आम नागरिकलाई आवतजावत गर्नबाट वञ्चित गराउनु मानव अधिकारको मूल्यमान्यताविपरीतको कार्य भएको ठहर गर्दै आयोगले यसतर्फ संवेदनशील हुन सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ ।

आयोगको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र प्रदेश शाखा कार्यालयले अनुगमन गरेका गर्दा काठमाडाँैबाट ६४ जना, भक्तपुरबाट एक जना र ललिपुरबाट दुई जनाका साथै देशका अन्य भागबाटसमेत प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको पाइएको जनाएको छ ।

जनकपुरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भई दुवैतर्फ घाइते भएको, देशभर केही सवारी साधनमा तोडफोड तथा आगजनी भएको, दैनिक ज्यालादारीमा काम गर्ने मजदूर, अस्पतालमा नियमित उपचारका क्रममा आउने गर्भवती महिलाहरु र परीक्षार्थी बढी प्रभावित हुनका साथै सर्वसाधारणको आवतजावतको अधिकारसमेत प्रभावित भएको अनुगमनका क्रममा पाइएको उल्लेख छ ।

मानव अधिकारको विश्वव्यापी घोषणापत्र, १९४८, नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धि, १९६६ नेपालको संविधानले विनाहातहतियार शान्तिपूर्वक भेला हुने तथा विचार तथा अभिव्यक्ति राख्न पाउने हकको व्यवस्था गरेको छ ।

नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने, पेशा व्यवसाय गर्ने, प्रत्येक नागरिले कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने र बेचविखन गर्न पाउने हकको सुनिश्चितता गरेको छ । उक्त हकको सम्मान गर्न आमहड्ताकर्तालाई आयोगको आग्रह छ ।

भर्खरको समाचार

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

सम्बन्धित समाचार

Scroll to Top