तीन वर्षमा बागमती प्रदेश सरकारले बनायाे सोह्र सय किमी सडक

२२ माघ ७७, शुक्रबार

बागमती प्रदेशले तीन वर्षको अवधिमा एक हजार ६०१ किलोमिटर सडक निर्माण गरेको छ । यस्तै ३९३ किलोमिटर सडकको स्तरोन्नति गरेको छ ।

यो वर्षको पुस मसान्तसम्म नयाँ सडकमध्ये ९०४ किलोमिटर सडक कच्ची, ४३५ किलोमिटर सडक खण्डास्मित (ग्राभेल), २१९ किलोमिटर सडक कालोपत्रे र ४३ किलोमिटर सडक ढलान गरिएको बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले जानकारी दिए ।

उहाँका अनुसार तीन वर्षको सडक पूर्वाधार विकासले १८ वटा स्थानीय तहका केन्द्रलाई जोड्ने काम गरेको छ । यस अवधिमा एक हजार १५९ किलोमिटर सडक निर्माणका लागि सर्भेको काम सम्पन्न भएको छ ।

यस अवधिमा ३३ वटा नयाँ पुल निर्माण गरी उद्घाटन सम्पन्न भइसकेको छ भने ४५ वटा पुल निर्माणाधीन रहेका छन् । त्यसैगरी ४३ वटा पुल निर्माण गर्न सर्भे सम्पन्न भइसकेका छन् । सर्भे भएका सडक निर्माणका लागि चालू आर्थिक वर्षमा नै ठेक्कापट्टाको काम सम्पन्न गरिने छ ।

मन्त्री फुयालका अनुसार यस अवधिमा जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशभरि एक हजार ३५४ वटा घरको निर्माण सम्पन्न भएका छन् । त्यसैगरी ५३ वटा सार्वजनिक भवन निर्माण र २९ वटा पार्क निर्माण भएका छन् ।

उहाँका अनुसार ‘एक घर, एक धारा’ भन्ने प्रदेश सरकारको नारालाई साकार पार्ने उद्देश्यसहित यस अवधिमा ३३ वटा खानेपानी आयोजना सम्पन्न भएका छन् ।, आजको गोरखापत्र दैनिकमा समाचार छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top